एडिलेडमा पनि भि-टेन माथी आक्रमण, एक युवा गंभिर घाइते

भि-टेन भनेर चिनिने रौतहटका समिर घिषिङ नेपाली र्यापरका रुपमा चिनिएका छन । विविध कारणहरुले चर्चामा आइरहने भि-टेन कार्यक्रमका लागी देश विदेश गैरहन्छन । उनका कार्यक्रमहरुमा उनीमाथी आक्रमणको प्रयासपनि प्रसस्त हुने गरेका छन । नेपालकै पोखरा, चितवनलगायतका शहरमा आक्रमणका प्रयास हुदै आएकामा  साउथ अष्ट्रेलियाको एडिलेडमा ५ जनवरीमा भएको कार्यक्रममा पनि उनीमाथी आक्रमणको प्रयास भएको छ ।  

कार्यक्रममा उपस्थित एक दर्शकले स्टेजमा गीत गाइरहेको समयमा उनीमाथी बियरको बोतलले आक्रमणको प्रयास गरेको बताए ।

“भि‍टेनमाथी दर्शक दीर्घाको तर्फबाट बियरको बोतलले आक्रमणको प्रयास भयो, त्यसपछी कन्सर्ट नै राम्रोसँग भएन ।” उनले थपे । 

एडिलेडको हाइन्ड्ली स्ट्रिटमा रहेको इनिग्मा बारमा भएको कन्सर्टपछी घर फर्कदै गरेको दुई दाजुभाइमाथी पनि आक्रमण भएको छ । कन्सर्ट हेरेर फर्किदै गरेका रन्जन खड्का र उनका भाइमाथी आक्रमण भएको हो । आक्रमणबाट रञ्जनका भाइ गंभिर घाइते भएको साथै एक सुनको सिक्रि हराएको र मोबाइल फोन फुटेको रञ्जन खड्काले बताए । 

“हामी कन्सर्ट सकेर घर फर्किदै थियौं, एक्कासी एकजना आएर अघि मलाई घुरेर हेर्ने तैं होइनस? भनेर सोध्यो । मैले राम्रोसँग आफुले उनलाई नचिनेको बताउदै थिँए- १५-२० जना जति आएर आक्रमण गरे । पाँच जनाले मलाई समातेर मुक्का हान्न थाले त्यहि नै संख्याका अरुले भाइलाई । कसो कसो हामी फुत्किएर भाग्न सक्यौं । भाग्ने क्रममा मेरो सुनको सिक्री हरायो र भाइको फोन फुट्यो ।” खड्काले भने । 

“मान्छेको ज्यान १५-२० डलर भन्दा महंगो हुन्छ त्यसैले कार्यक्रम आयोजकहरुले सुरक्षित ठाँउमा कार्यक्रम गर्नुपर्छ । ” खड्काले थपे । 

 

Advertisements

Leave a Reply