साउथ अष्ट्रेलियाको डढेलोमा नेपालीहरुको सहयोग

मिलन दाहाल

महिनौदेखि डढेलोको चपेटामा रहेको अष्ट्रेलियामा केहीको डढेलोको कारण मृत्यु भैसकेको छ भने हज्जारौं घर बिहिन बनेका छन ।

हालसम्म प्राप्त तथ्यांकअनुसार डढेलोमा १९ जनाको मृत्यु भइसकेको छ भने २९ जना बेपत्ता रहेका छन । १५०० भन्दा बढी घरहरू जलेर ध्वस्त भइसकेका छन भने करिब ४५० मिलियन बन्यजन्तु मरेको आशंका गरिएको छ ।

अगो नियन्त्रणमा सहयोग गर्न क्यानडा, अमेरिका लगायतका देशहरुबाट अग्नि नियन्त्रकहरू आइरहेका छन् । अझैपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

आफ्नो कर्म भूमीमा संकट परेका बेला अष्ट्रेलियामा रहेका बिभिन्न समुदायहरू सहयोग संकलनमा जुटी रहेका छन । नेपाली समुदाय पनि सहयोग संकलनमा जुटेको छ । केही हप्ता अगाडी न्यू साउथ वेल्समा एनआरएनएको अग्रसरतामा २० हजार सहयोग संकलन गरि रुरल फायर सर्भिसलाई हस्तान्तरण गरियो ।

साउथ अष्ट्रेलियामा समेत नेपाली समुदायको तर्फबाट एक डिनर कार्यक्रमको आयोजना गरि सहयोग संकलन गरिएको छ । शनिबार साँझ गरिएको डिनर कार्यक्रमबाट संकलित ५ हजार डलरको चेक साउथ अष्ट्रेलियाका प्रिमियरकी सहायक मन्त्री जिङ्ग लीलाई हस्तान्तरण गरिएको थियो । एनआरएनएको अग्रसरतामा गरिएको कार्यक्रममा सहयोग रकम बुझ्दै मन्त्री ली ले नेपाली समुदायको तर्फबाट गरिएको सहयोगले ठूलो अर्थ राख्ने भन्दै नेपाली समुदायलाई धन्यवाद दिइन ।

साउथ अष्ट्रेलियाका लागी नेपाली बाणिज्यदूत दीपक धमला तथा नेपाली सर्जक दिनेश अधिकारी सरिक कार्यक्रममा नेपाली समुदायको उल्लेख उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै वाणिज्यदूत धमलाले भूकम्पका बेला नेपाललाई सहयोग गरेको स्मरण गर्दै संकटमा रहेको अष्ट्रेलियालाई गुन तिर्न सकेको सहयोग गर्न नेपालीहरूलाई आग्रह गरेका थिए ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मीले स्वागत मन्तव्य राखेका थिए

Advertisements
Advertisements