अष्ट्रेलियामा चौध बर्षीयसँग यौन सम्पर्क गर्नखोज्ने नेपाली पक्राउ

वेस्टर्न सिड्नीबाट एक २९ बर्षीय नेपाली चौध बर्षीय बालिकासँग यौन सम्पर्क गर्ने चाँजोबाँजो मिलाउदै गरेको अवस्थामा पक्राउ परेका छन । न्यू साउथ वेल्स प्रहरीले २ जनवरीमा एक बिज्ञाप्ति जारी गर्दै एक महिना लामो अनुसन्धानपछी ती युवालाई  पक्राउ गरिएको बताएको छ । पक्राउ पर्नेमा वेन्टवोरभिल बस्ने सन्देश पाठक रहेका छन । 

उनले यौन सम्पर्क गर्ने मानसिकताबाट प्रेरित भएर ती नाबालिकासँग यौन सम्पर्कका बारेमा कुरा गरेको र यौनजन्य सामाग्रीहरु सामाजिक सञ्जालमार्फत पठाएको प्रहरीको दाबी छ । 

प्रहरीको वालवालिका माथी हुने दुरव्यावहार र यौन अपराध हेर्ने एकाइले नोभेम्बरदेखी उनीमाथी निगरानि गरिरहेको थियो । कुराकानीको क्रममा उनले यौन सम्बन्धी कुराहरु गरेको र यौनजन्य सामाग्रीहरु पठाएको पाइएपछी पक्राउ गरिएको हो । 

उनलाई पारामाट्टा प्रहरी चौकीमा राखीएको र उनीमाथी थप अनुसन्धान भइरहेको बताइएको छ । 

अष्ट्रेलियामा सोह्र बर्षमुनिका हरुसँग गरिने यौन जन्य कुराकानीलाई गम्भिर अपराधका रुपमा हेरिन्छ । 

Leave a Reply