दलदलमा डुबेर सिड्नीमा दुई नेपाली विद्यार्थीको मृत्यु

अस्ट्रेलियाको सिड्नीमा दुई नेपाली विद्यार्थीको दलदलमा डुबेर मृत्यु भएको छ । सिड्नीबाट बेरोरा राष्ट्रिय निकुञ्जमा बार्बिक्युको लागी गएका विद्यार्थी मध्ये दुइजनाको डुबेर मृत्यु भएको छ भने एकजनाको अवस्था चिन्ताजनक रहेको छ । मृत्यु हुनेमा धादिङका २३ बर्षका रोशन छत्कुलि र चितवनका २६ बर्षीय बिशाल सेढाईं रहेका छन । अस्पतालमा चिन्ताजनक अवस्थामा रहेका प्रदिप पाण्डेको ठेगाना खुलेको छैन । उनको वेष्टमेड अस्पतालमा उपचार भैरहेको एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताएका छन ।

मृतकहरूको पार्थिब शरीर लिडकम्बमा राखिएको छ । उनीहरूको पार्थीव शरीरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइने छ ।

Advertisements
Advertisements

Leave a Reply