एडिलेडमा नेपालीको सुपरमार्केट

दक्षिण अष्ट्रेलियाको साल्सवरीमा नेपालीहरुले ठुलो लगानीमा सुपरमार्केट खोलेका छन । सुन पसलदेखी कार्यक्रमस्थलसम्म उपलब्ध उक्त सुपर मार्केट दक्षिण अष्ट्रेलियामा नेपालीको हालसम्मकै ठुलो लगानीको सुपरमार्केट भएको बताइएको छ । 

‘नमस्ते सुपरमार्केट’ नाम दिइएको उक्त सुपरमार्केट शिव पोखरेल र सुवास निरौलाको संयुक्त लगानीमा खोलिएको हो । यस मार्केटमा नेपालि तथा भारतीय उत्पादनहरुका साथै ताजा फलफूल, साग-सब्जी, नेपालीहरुलाई कार्क्रम गर्न आवश्यक पर्ने सामाग्रीहरुका साथै परम्परागत पुजा तथा अन्य सांसकृतिक कार्यक्रम गर्न आवश्यक सामाग्रीहरु समेत उपलब्ध गराइएको पसलका संचालक शिव पोखरेलले बताए । ‘नुनदेखी सुनसम्म उपलब्ध गराउने अवधारणाअनुसार यो मार्केट खोलिएको हो ।’ उनले भने । 

यस मार्केटमा ग्रोसरीका साथै नेपालीहरुलाई एडिलेडमा नै परमपरागत दौरा शुरुवाल, ढाका टोपी, साडी, लेहेङ्गालगायतका पोशाकहरु उपलब्ध गराउने उदेश्यले फेशनपसल समेत स्थापना गरिएको छ । यसैगरी नेपाली तथा भारतीय खाना उपलब्ध हुने गरि रेष्टुरेन्ट समेत खोलिएको छ । हवाई टिकट, मनि ट्रान्सफरको सेवा समेत यहाँबाटै उपलब्ध गराइएको छ । नेपालीहरुको गहनाको चाहनालाई पुरा गर्ने उदेश्यले भित्र नै सुनचाँदी पसलसमेत खोलिएको छ । 

सोमबारदेखी औपचारीक रुपमा खोलिएको सुपरमार्केटमा अबको एक महिनाभित्र १ सय पचासजनासम्म अट्ने कार्य्रमस्थलसमेत उपलब्ध हुने भएको छ । अर्का संचालक सुवास निरौलाका अनुसार  उत्तरी क्षेत्रमा धेरै नेपालीभाषी रहेका र  दक्षिणी क्षेत्रमा समेत सोही संख्यामा नेपालीहरु रहेका कारण सबैलाई सुविधा हुने गरि आफुहरुले सुपरमार्केट खोलेको बताए । ‘हाम्रो मुख्य उदेश्य भनेको कुनैपनि कार्यक्रम तथा दैनिक जीवनमा आइपर्ने सबै सेवाहरु एकै स्थानबाट उपभोक्तालाई उपलब्ध गराउन सकियोस भन्ने हो ।” दुबै संचालकको भनाइ छ । 

Advertisements

Leave a Reply