अंग्रेजी नयाँ बर्षमा टोपी दिवश, नेपाल भ्रमण बर्ष प्रवर्दनका कार्यक्रम

‘देशको महत्व प्रवाशमा पुगेपछी थाहा हुन्छ’ भन्ने नेपाली उखान नै छ । माटोसँगको प्रेम हृदयसँग जोडिएको हुने हुनाले होला परदेशमा रहेका नेपालीहरु हरदम घरदेशको हितमा सोचीरहेका हुन्छन, देशका लागी केही गरौँ भनेर छलफल गरिरहेका हुन्छ । 

बिगत तीन बर्षदेखी अंग्रेजी नयाँ बर्षका दिनमा  ‘नेपाली टोपी दिवश’ का रुपमा साउथ अष्ट्रेलियामा कार्यक्रमको आयोजना गर्दै आएको प्रवासी नेपाली एकता मञ्चले यसबर्षपनि टोपी दिवशको आयोजना गर्ने भएको छ। नेपालीहरुको राष्ट्रिय पहिचानको प्रतिकको रुपमा रहेको नेपाली ढाका टोपीलाई विशेष महत्व दिदैँ सम्भव भएसम्म नेपाली राष्ट्रिय पोशाक दौरा शुरुवालमा उपस्थित हुन मञ्चले आग्रह गरेको छ । कार्यक्रम अंग्रेजी नयाँ बर्षको दिन पार्क होममा अवस्थित हेन्ड्रि स्ट्रिट रिजर्भमा अपह्रान्न १ बजेदेखी हुने आयोजक संस्थाले बताएको छ । 

शुरुका बर्षमाको ढाका टोपी सहित भेटघाट र सांस्कृतिक कार्यक्रमामा सिमित रहेको यस कार्यक्रम यसबर्ष पञ्चेबाजा, विशेष सांस्कृतिक प्रस्तुति र युवापुस्ता र नेपालबाट आएका अभिभावकहरुलाई लक्षित गरि खेलाईने छेलो, म्युजिकल चेयरलगायतका खेलहरुका समावेश गरिएको कार्यक्रम संयोजक वालगोपाल उपाध्यायले बताए । 

“यसका अतिरिक्त हामीले नेपाल सरकारले मनाउन नेपाल भर्मण बर्ष २०२० 

Advertisements
Advertisements