अष्ट्रेलियन सरकारको आधिकारिक धारणा होइन: नेपाली दुतावास

अष्ट्रेलियाका केही संचारमाध्यमहरुले केही दिन अगाडी अष्ट्रेलियामा अध्यायनरत नेपाली विद्यार्थीको वारे  अष्ट्रेलियाका युनिभरसिटीका प्रोफेसरहरुको गरेका टिप्पणीहरु छाप्यो । उनीहरुको नेपाल थोरै जनसंख्या भएको अत्यन्त गरिब देश भएको भन्दै नेपाल अष्ट्रेलियामा सबैभन्दा बढी विद्यार्थी पठाउने तेस्रो मुलुक भएकामा आश्चर्य प्रकट गर्दै अष्ट्रेलियाको सरकारलाई नेपाली विद्यार्थीको संख्या तत्काल नियन्त्रण गर्न सुझाएका थिए ।

उनीहरुको प्रतिकृयामा केही नेपालीहरुले ‘सञ्चारमाध्यममा आएका कुरा नेपालीहरुको मानमर्दन हुने किसिमको’ भन्ने टिप्पणी गरेकाले नेपाल अष्ट्रेलिया समाचारले समाचार सम्बन्धमा अष्ट्रेलिया स्थित नेपाली दुतावासको अधिकारीक धारणा माग गरेको थियो । नेपाल अष्ट्रेलिया समाचारको प्रश्नको प्रतिकृया दिँदै नेपाली दुतावास सञ्चारमाध्यममा आएका कुराले दुतावासको ध्यानाकर्षण गरेको भएपनि उक्त कुरा अष्ट्रेलिया सरकारको धारणा नभइ केही व्याक्तिको व्याक्तिगत धारणा भएको जनाएको छ । साथै दुतावासले सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गरि आगामी दिनमा नेपालीहरुको भावनामा आँच आउने र देशको साख गिराउने यस्ताखाले समाचारहरु लेख्दा उपयुक्त शब्द चयन गर्न सुझाउने बताएको छ । 

Advertisements
Advertisements

Leave a Reply