बार्षिक २.६ बिलियन अष्ट्रेलियन डलर बुझाउने नेपालको अष्ट्रेलियामा चरम बेइज्जति

मिलन दाहाल–  पछिल्लो समय अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागी आकर्षक गन्तब्य मानिएको छ । २०१८ को जुलाई १ देखी २०१९ को जुन ३० सम्मको अवधिमा मात्र नेपालबाट आएका ६५ हजार ७ सय ४६ नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका बिभिन्न कलेज तथा युनिभरसिटीहरुमा पढ्न आँउदा अष्ट्रेलियाले एकै बर्षमा नेपालबाट २ सय ६० अरब अष्ट्रेलियन डलर आम्दानी गरेको तथ्यांकहरुले देखाएको छ । यो संख्या सन् २०१६ को तुलनामा तीन गुणा बढी हो । अष्ट्रेलियाको शिक्षा उद्योगका लागी नेपाल  चीन र भारतपछीको तेस्रो ठुलो बजार हो । नेपालले कुटनितक तवरबाट यसबाट लिनसक्ने फइदा लिन नसकेको कुरा अष्ट्रेलियाको नेपाली समुदायमा छलफल गरिरहँदा अष्ट्रेलियाको स्थानिय मिडिया भने आज भने ‘नेपाल गरिब देश’ भनेर अष्ट्रेलियाका विश्वविद्यालयका पदाधिकारीहरूले गरेको अभिब्यक्तिहरुले तातेको छ ।

अष्ट्रेलियाको केही पत्रिकाले अष्ट्रेलियन नेसनल युनिभरसिटीका उच्च शिक्षा सम्बन्धी नियमन विज्ञ रहेका प्रोफेसर एन्ड्रयु नर्टनको भनाइलाई उदृत गर्दै अष्ट्रेलियाको अन्तरिक मामिला बिभागले नेपालबाट आउने विद्यार्थीको संख्यालाई तत्काल नियन्त्रण गर्नुपर्ने लेखेको छ । 

“नेपाल खासै धेरै जनसंख्या नभएको एक अत्यन्त गरिब देश हो । यस्तो गरिब देशबाट यति धेरै विद्यार्थी कसरी अष्ट्रेलिया पढ्न आउन सक्छन भन्ने आधारभुत प्रश्न हो । ” उनले भनेका छन । 

“नेपाली विद्यार्थीहरुसँग डिपेन्डेन्टमा आउनेहरुको संख्या अत्यन्त धेरै हुन्छ । यस्तो भान हुन्छ कि उनीहरुले आफ्ना जोडीलाई कामै गर्नका लागी अष्ट्रेलिया ल्याउछन । नेपालबाट ऋण गरेर आउने भएकाले यहाँ जस्तोसुकै काम सस्तोमा पनि गर्न तयार हुने हुदाँ यसले अष्ट्रेलियाको श्रम बजारमा यसले नकारात्मक प्रभाव पारेको छ, यही कारणले गर्दा विद्यार्थीले समेत दिइएको भन्दा बढी समय काम गरिरहेका छन ।”

यसैगरि युनिभरसिटी अफ सिड्नीका एसोसिएट प्रोफेसर सल्भाटोर बबोनले दिएको अभिब्यक्ति योभन्दा कठोर छ । “१ हजार अमेरीकि डलर भन्दा प्रतिब्याक्ति आय भएका नेपालीहरु यत्तिका संख्यामा अष्ट्रेलिया आउनु भनेकै ऋण गरेर हो । उनीहरु यहाँ आउनासाथ कानुनी गैरकानुनी केही नभनी आएको ऋण तिर्न काम गर्न थाल्छन । नेपालीहरुलाई यसरी अष्ट्रेलिया आउन दिनु भने अष्ट्रेलियन सरकार र युनिभरसिटीहरुको गरिब नेपाली माथीको शोषण हो । यसलाई अबिलम्ब रोक्नुपर्छ । ” 

अष्ट्रेलियामा बस्ने नेपालीहरुले भने यस्तोखाले अभिब्यक्ति नेपालीहरुमाथीको बेइज्जति भएको टिप्पणी गरेका छन । पत्रकार भरतराज पौडेल भन्छन- “आजका समाचारपत्रहरुमा छपिएका अष्ट्रेलियन युनिभरसिटीका प्रोफेसरहरुको अभिव्यक्ति राम्रै नियतले आएको भएपनि नेपालीहरुको मानमर्दन हुने खालका छन । मलाई लाग्छ यसबारे नेपाल सरकार, सम्बन्धित निकाय र अष्ट्रेलियाका नेपाली धनाढ्य शेष घलेले यी कुराहरुबारे जानकारी राख्नुपर्छ । “

सामाजिक अभियन्ता रञ्जु वाग्लेले पनि यसबारे ध्यानाकर्षण भएको टिप्पणी गर्दै नेपाली दुतावासले यसबारे गंभिर भएर जिम्मेवार भूमिका खेलोस भन्ने टिप्पणी गरेकी छन । 

Advertisements
Advertisements

Leave a Reply