बहिनीकै अगाडि दिदीको बलात्कार

केही हप्ताअघि महिला डाक्टरको बलात्कारपछि हत्या र त्यसको केही दिनमा ४ जना आरोपीलाई पुलिसले इन्काउन्टरमा मारिदिएको घटनापछि पनि भारतको तेलंगना राज्यको हैदराबादमा यस्ता अपराधी डराएका छैनन् । हैदराबादमै फेरि अर्को बलात्कारको घटना भएको छ । यहाँको चन्द्रयांगुत्ता थाना षेत्रमा एक १८ वर्षकी युवतीलाई अटो ड्राइभरले बलात्कार गरेका हुन् । पीडित युवती आफ्नी १० वर्षकी बहिनीसँग थिइन् र बाटो बिर्सिएकी थिइन् । आरोपी अटो ड्राइभरले पहिले उनलाई सहयोग गर्ने बताए र साथमा लिएर गइ बहिनीकै अगाडि बलात्कार गरे ।

अटो ड्राइभरले शहरको नामपल्ली इलाकामा एक लजमा लगेर युवतीलाई बलात्कार गरेका हुन् । यस विषयमा पुलिसले उजुरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । यसअघि यहाँ एक महिला डाक्टरलाई बलात्कार गरी हत्या गरिएपनि सिंगो देशमा आक्रोश फैलिएको थियो । त्यसपछि पुलिसले ४ जना आरोपीलाई पक्राउ गरेको थियो । जाँचको सिलसिलामा पुलिसले चारै जना आरोपीलाई घटनास्थल लिएर गएको थियो जहाँ आरोपीले पुलिमाथि नै आक्रमण गरेपछि उनीहरुलाई इन्काउन्टरमा मारिएको थियो ।

Leave a Reply