भिसाको शर्त उलंघन गर्ने विद्यार्थीहरुलाई एयरपोर्टबाटै फर्काउदै अष्ट्रेलिया

अष्ट्रेलियामा रहँदा भिसा कन्डिसन उलंघन गरि नेपाल फर्नुभएको छ भने सावधान! अष्ट्रेलियाको अध्यागमनले पुन: अष्ट्रेलिया फर्कन नदिन सक्छ ।  अष्ट्रेलियामा भिषाको कन्डिसन उलङ्घन गरेर स्वदेस फर्कन चाहने धेरै विद्यार्थीहरुलाई अष्ट्रेलियाको एयरपोर्टबाटै फर्काईरहेको अष्ट्रेलियाको अध्यागमनले हालसालै सार्वजनिक गरेको एक रिपोर्टमा बताएको छ । अष्ट्रेलियाको अध्यागमनले नियम उलघंन गरि आफ्नो देश फर्किएका हज्जारौं विद्यार्थीको भिषा रद्द गरेको छ । यसरी भिषा रद्द भएका बिद्यार्थी पुन अष्ट्रेलिया फर्कन पाउनेछैनन् । 

अष्ट्रेलियाको अध्यागमनले हालसालै नियम उलघंन गरेकै कारण अष्ट्रेलियामै रहेका करिब ३ हजार र स्वदेश फर्किएका १३ हजारभन्दा बढडी विद्यार्थीको भिषा रद्द गरेको जनाएको छ । यसरी भिषा रद्द भएर अष्ट्रेलिया फर्कनै नपाएपछी विद्यार्थीहरुले पुनर्विचारको लागी आवेदन दिनबाट पनि बञ्चित हुनेछन । 

पर्थबाट पनि ३ जनापाली विद्यार्थीहरु भिसाको शर्त उलघंन गरेकै कारण एयरपोर्टबाटै फर्काईएको  खुलेको छ । 

Advertisements

Leave a Reply