अष्ट्रेलियामा पानी चोरी हुन थालेपछी

अष्ट्रेलिया नेपालीहरुको आकर्षणको केन्द्र हो । भिषाको सहजताका कारण पछिल्लो समय अष्ट्रेलिया जाने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । अष्ट्रेलियामा नेपालीहरुको संख्या डेढ लाखभन्दा बढी भएको अनुमान गरिएको छ । 

सुन्दा अचम्म लाग्नसक्छ तर अष्ट्रेलियामा पिउने पानी चोरी भएको छ । सिड्नीको उत्तरमा रहेको एक नगरपालिकाबाट २५ हजार लिटर पानी चोरी भएको छ । ९ डिसेम्बरमा साँझको ८ र नौ बजेको बिचमा टोयोटा हिलक्समा आएका पानी चोरहरुले पानीको चोरी गरेको न्यू साउथ वेल्स प्रहरीले बताएको छ । प्रहरीले हाल पानी चोरहरुको खोजी कार्य गरिरहेको छ । पानी चोरबारे कसैलाई कुनै जानकारी रहेको भए प्रहरीलाई जानकारी गराउन प्रहरीले अनुरो

खडेरीका कारण न्यू साउथ वेल्सका केही नगरपालिका संकटमा रहेका छन । पानीको हाहाकार रहेको अवस्थामा यो प्रकारको चोरी स्विकार्य नहुने प्रहरीले बताएको छ । 

Advertisements
Advertisements

Leave a Reply