एन्कासँग साउथ अष्ट्रेलियन प्रहरी पराजित

मिलन दाहाल– आइतबार एडिलेड नेपाली क्रिकेट एसोसिएसन (एन्का) र साउथ अष्ट्रेलियन प्रहरीको क्रिकेट समुह बिच भएको मैत्रीपुर्ण क्रिकेट खेलमा नेपाली क्रिकेट क्लब एन्काले साउथ अष्ट्रेलियन प्रहरीलाई पराजित गरेको छ । २० अोभरको उक्त खेलमा एन्काले साउथ अष्ट्रेलियन प्रहरीलाइ  ९७ रन अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको एन्काले प्रहरीलाई २११ रनको लक्ष दिएकोमा प्रहरीले २० ओभरमा १२२ रनमात्र बनाएको थियो । खेलमा नेपालका लागी सुमन गौतमले १४ चौका र २ छक्का हान्दै सर्वाधिक ८८ रनको योगदान दिएका थिए । यसैगरि दीपक क्षेत्रीले ३६ बलमा ६ चौका र ३ छक्का हान्दै ७० रन बनाए भने एन्काका कप्तान सागर राज कंडेलले २० बलमा १८ रन जोडे । खेलका म्यान अफ द म्याच सुमन गौतम भएका थिए । 

खेल फुलार्टनमा रहेको भिक्टोरिया पार्क रेसकोर्षमा भएको थियो । 

एन्का अध्यक्ष बिजय जोशीले नेपाली समुदाय र साउथ अष्ट्रेलियन प्रहरीबिचको सम्बन्ध सुद्रिढ पार्ने लक्षका साथ खेलिएको खेलले नेपाली समुदायलाई साउथ अष्ट्रेलियन प्रहरीसँग कुराकानी एवं अन्तरकृया गर्न उपयुक्त अवशर प्रदान गरेको बताए । उनले आगामी दिनमा समेत यहाँ रहेका सरकारी निकाय तथा  तथा अन्य समुदायसँगको यस्ता खाले खेलहरुलाई एन्काले प्राथमिकतामा राख्ने बताए । 

Advertisements
Advertisements

Leave a Reply