अष्ट्रेलियामा नेपालीहरुको घरमै गाँजा डेलिभरी?

अष्ट्रेलियाको सिड्नीको स्ट्राटफिल्ड र बरउड क्षेत्रका बिजुलीका पोलमा नेपाली भाषामा लेखिएका एक सुचनाले हाल त्यसँको नेपाली समुदाय तरङ्गित बनेको छ ।एफोर पेपरमा कम्पयुटर प्रिन्ट गरिएको उक्त सुचना पत्रमा व्याकरण सुद्दसँग लिखिएको छैन । सुचनामा ‘सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई’ सम्बोधन गरिएको छ । 

‘शिव भोलेबाबाको प्रसाद घरमै डेलिभरी गरिन्छ’ भन्ने सन्देश रहेको उक्त सुचनामा पत्रमा ‘तपाईहरु र हाम्रो गोप्यताको लागी हामीले सम्पुर्ण प्रयास गर्नेछौं’ भन्ने बाक्यले उक्त सुचनामा भनिएको ‘शिव भोलेबाबाको प्रसाद’ भन्ने कुराले गाँजालाई इंगित गर्दछ । गाजाँ मगाउन एकखाले एप्लिकेशन डाउनलोड गरि दिइएको ब्यक्तिलाई सन्देश पठाउन भनिएको छ । साथै सुचनामा ४ डिसेम्बरबाट गाँजा डिलिभरी हुने पनि भनिएको छ । 

अष्ट्रेलियामा लागुपदार्थ सेवन एवं बेचबिखन गर्नु अपराध मानिन्छ र यसो गरेको भेटिएमा कडा कानुनी सयाय हुने ब्यवस्था छ । कतिले लागुपदार्थ दुर्व्यसनीहरुले नेपालीहरुलाई लक्षित गरि नेपाली भाषाकै प्रयोग गरि व्यावसाय विस्तार गर्नखोजेको हुनसक्ने आंशका गरेका छन भने कत्तिले भने पैसाको प्रलोभनमा नेपालीहरुनै पनि यस्तो कार्यमा लागेको हुनसक्ने भन्दै चिन्ता व्याक्त गरेका छन । 

अष्ट्रेलियामा नेपाली समुदाय मिहिनेति र इमान्दार समुदायको रुपमा चिनिएको छ । यस्ता प्रकारका गतिविधीले नेपाली समुदायले कमाएको उक्त प्रतिष्ठामा आँच आउनेतर्फ सबै सचेत हुनपर्ने सरोकारवालाहरुले बताएका छन । 

Advertisements

Leave a Reply