घरेलु हिंसाबारे चेतना जगाउँदै नारी निकुञ्ज

मिलन दाहाल– सिड्नीमा करिब दुइ हप्ता अगाडी श्रीमान र श्रीमती बिचको सामान्य खटपटीले उग्र रुप लिन गयो । सामान्य भनाभन बढ्दै जाँदा श्रीमतीले हातमा रहेको धारिलो हतियार प्रहार गर्न पुगिन । प्रहार गरेको हतियार संबेदनशील ठाँउमा लागिदियो, लगत्तै श्रीमानको मृत्यु भयो । श्रीमानको हत्या अभियोगमा उनी हिरासतमा परिन, उनीहरुको ८ बर्षीय छोरी अन्य नेपाली परिवारको सहारामा छ । परिवारको महत्वलाई नबुझि आवेगमा आँउदा केही समयको अन्तरालमा नै सुखद भबिष्यको सपना सजाएर अष्ट्रेलिया छिरेर दशकौं सँगै संघर्ष गरेका दम्पतिको सपना पानीको फोकासरि फुट्यो । श्रीमान बन्द बाकसमा नेपाल फर्किए । श्रीमती अष्ट्रेलियाको जेलमा सड्ने संभावना छ । 

यो त प्रतिनिधी घटना मात्र हो । अष्ट्रेलियामा बढ्दै गरेको नेपाली समुदायमा घरेलु हिंसा निकै बढी छ भनेर तथ्यांकहरुले देखाउन थालेको छ । कति नेपालीहरु घरेलु हिंसाका कारण नेपाल डिपोट भइरहेका घटनाहरुपनि साुनिरहेका छ । यसरी दुर्घटनाहरु बढिरहेको सन्दर्भमा साउथ अष्ट्रेलियाको नारी निकुञ्ज फोरमले भने समयमा नै यस्ता घटनाहरुलाई सम्बोधन गर्दै न्युनिकरणतर्फ अगाडी बढ्न ‘कसरी पारिवारीक सम्बन्धलाई स्वास्थ बनाउन सकिन्छ? भन्ने बिषयमा कार्यशालाको तयारी गरेको छ । कार्यशालामा नेपाली समुदायका बिच पारिवारीक सम्बन्धलाई कसरी स्वास्थ बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिने नारी निकुञ्ज फोरमले बताएको छ ।

“पछिल्लो समय हाम्रो समुदायमा पारिवारिक समस्याहरू बढ्दै गएको आवाज हामीले सुन्दै आएको छौ । स्वस्थ पारिवारिक सम्बन्ध कसरी निर्माण गर्ने ? , घरेलु हिंसा भनेको के हो ? यसमा समुदाय र समुदायमा सक्रिय सदस्यहरूको भूमिका के हुन्छ ?, परिवारमा आउने समस्या र चुनौतीहरूलाई सामना कसरी गर्न सकिन्छ ?भन्ने लगायतका विषय बस्तुहरूमा लक्षित रही कार्यक्रम संचालन हुनेछ ।” नारी निकुञ्ज फोरमकी साउथ अष्ट्रेलिया संयोजक मञ्जु खड्काले भनिन । 

फोरमले साउथ अष्ट्रेलियामा घरेलु हिंसाको क्षेत्रमा काम गर्दै आइरहेको ‘रिलेसनसिप साउथ अष्ट्रेलिया’ सँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको बताएको छ । कार्यक्रम १९ डिसेम्बरमा साँझ ५ बजेदेखी ८ बजेसम्म 49A ORSMOND STREET, HINDMARSH मा रहेको रिलेशनसिप अष्ट्रेलिया’ को कार्यलयमा हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागी कार्यक्रमको इभेन्ट पेजमा गइ बताएबमोजिम वा फोरम संयोजक मञ्जु खड्कालाई सम्पर्क गरी रजिष्ट्रेशन अनिवार्य गर्नुपर्ने छ । 

Advertisements
Advertisements

Leave a Reply