क्रिकेटको माध्यमबाट नेपाली समुदायलाई अरुसँग जोड्दै एन्का

मिलन दाहाल– खेलले शारीरिक तन्दुरुस्ती कायम राख्न मद्दत गर्छ, साथी बनाउन मदत गर्छ र समुदायलाई आपसमा जोड्छ । अझ बहुसांस्कृतिक समाजमा त एक समुदायलाई अर्को समुदायमा जोड्न समेत मदत गर्छ । साउथ अष्ट्रेलियामा नेपाली समुदायलाई खेलको माध्यमबाट अन्य समुदायसँग जोड्ने एक माध्यम बनिरहेछ नेपालीहरुको क्रिकेट क्लब- एडिलेड नेपाली क्रिकेट एसोसिएसन अथवा एन्का ।

नेपाली समुदायका बिच क्रिकेट खेलको आयोजना गरेर होस, यहा रहेको अन्य समुदायसँग मैत्रीपुर्ण खेल खेलेर होस् वा सरकारका निकायसँग खेलेर होस- कुनै न कुनै रुपमा एन्काले नेपाली समुदायलाई खेलको माध्यमबाट जोडिरहेछ । समुदाय भित्र र अन्य समुदायसँग । 

आइतबार, ८ डिसेम्बरमा एन्काले साउथ अष्ट्रेलियन प्रहरीको टीमसँग क्रिकेट खेल्दैछ । खेल अपह्रान्न १ बजेदेखी  फेुलाटर्नमा रहेको भिक्टोरीया पार्क रेसकोर्समा हुने बताइएको छ । खेल २० अोभरको हुनेछ । खेलको उदेश्य नेपाली समुदायको साउथ अष्ट्रेलिया प्रहरीसँगको सम्बन्ध सुमधुर पार्दै नेपाली समुदायलाई साउथ अष्ट्रेलियन प्रहरीसँग कुराकानी गर्ने अवशर प्रदान गर्ने रहेको एक्का अध्यक्ष बिजय जोशीले बताएका छन । साथै जोशीले कार्यक्रम सफल पार्नका लागी नेपाली समुदायलाई कार्यक्रमस्थलमा आमन्त्रण गरेका छन । 

Advertisements

Leave a Reply