अष्ट्रेलियामा घरबेटीद्वारा अन्तराष्ट्रिय विद्यार्थीको चरम शोषण, साउथ अष्ट्रेलियामा पनि विकराल अवस्था

मिलन दाहाल– विश्वभरबाट स्तरीय शिक्षाका लागी आकर्षक गन्तब्य मानिएको अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरु घरबेटीद्वारा चरम आर्थीक शोषणमा पर्ने गरेको हालसालै सार्वजनिक गरिएको एक अध्यायनले देखाएको छ । अध्यायनले अष्ट्रेलिया पढ्न आउनेमध्ये अधाभन्दा बढी विद्यार्थी यस्तोखाले शोषणमा पर्नेगरेको देखाएको हो । युनिभर्सिटी अफ न्यू साउथ वेल्स र युनिभरसिटी अफ सिड्नीका सोधकर्ताहरुले संयुक्तरुपमा २ हजार ४ सय विद्यार्थीहरुमाथी गरेको अध्यायनले यस्तो देखाएको हो । 

अध्यायनले आफैं घर लिइ बस्नेभन्दा भाडामा लिइसकेको घर सेयर गरि बस्ने हरु अझ बढी शोषणमा पर्ने गरेको देखाएको छ । अध्यायनका क्रममा घर सेयर गरेर बस्ने विद्यार्थीहरुलाई परीक्षाको समयमा  घरभाडा दोब्बरसम्म बढाउने गरिएको पाइएको थियो । 

घरबेटीको सबैभन्दा बढी शोषणमा पर्ने हरुमा सामाजिक सञ्जाल तथा गम ट्रीको माध्यमबाट कोठा खोज्नेहरु पर्ने गरेको देखिएको छ । कतिपय अवस्थामा त हुँदै नभएको घरका लागी भाडा लिइएको र भाडा फिर्ता माग्दा गाली-गलौच र धम्की दिनेगरेको समेत अनुसन्धानको क्रममा पाइएको थियो । 

सोधकर्ताहरुले यो अनुसन्धान केवल २ हजार ४ सय विद्यार्थीहरुमाथी मात्र गरिएकाले वास्तविक अवस्था अरु भयावह हुनसक्ने भन्दै सरकारले समग्र अनुसन्धान गरि अनैतिक काम गर्नेहरुलाई कानुनी कारवाहि गर्नुपर्ने सुझाएका छ । 

नेपाली विद्यार्थीहरु पनि भयाबह अवस्थामा

केही महिनाअघि  नेपाली दुतावासले नेपाली विद्यार्थीहरुको गुनासा सुन्न एक कार्यक्रमको आयोजना गर्यो । एक नेपाली विद्यार्थीले हिम्मत गरेर आफुपनि शोषित भएको आफ्नो अनुभव सेयर गरिन । नेपाली कार्यबाहक राजदुत, गैर आवासीय नेपाली संघ संयोजक र अन्य संघसस्थाका पदाधिकारी समेत उपस्थित रहेको सार्वजनिक कार्यक्रममा उनीमाथी गालिगलौच भयो ।  

एकजोडी नेपाली विद्यार्थीहरु नेपालीकै माध्यमबाट नेपालीकै घरमा कोठाको बन्दोबस्त गरि बस्न आए । दुइहप्ताको भाडा आग्रिम रुपमा भुक्तानि गरिसकेका उनीहरुले कोठामा आएकै दिन वासिङ मेसिनमा कसरी सर्फ हाल्ने भन्ने सोधे ।त्यही निउँमा उनीहरुलाई कोठामा बस्न मन नभएको आरोप लगाइदै गालीगलौच गरियो र  भोलीबाट नै कोठा छोड्न भनियो । एक दिन बसेकोमा एक हप्ताको कोठाभाटा तिर्न तयार उनीहरुले अर्को एक हप्ताको भाडा फिर्ता माग्न निकै हार गुहार गरे, तर सफल हुन सकेनन् । 

साउथ अष्ट्रेलियामा अध्ययन गरिरहेकि समिक्षा (नाम परिवर्तन) नेपालीहरुले घर भाडामा लिएर नेपाली विद्यार्थीबाट मंहगो भाडा लिइ आफू भाडा नै नतिरि बस्नेगरेको अनुभव सुनाउछिन । “नेपाली विद्यार्थीहरु शुरुमा आँउदा यहाँ स्थापित नेपालीहरुबाट सहयोग पाईएला भन्ने सोचले नेपालीहरुकै घरमा बस्न खोज्छन । तर अवस्था ठीक उल्टो रहेछ । नेपालीहरुले नै नेपाली विद्यार्थीहरुलाई सबैभन्दा बढी ठग्ने रहेछन । यो निकै लज्जाको बिषय हो । ” समिक्षा बताउछिन ।  

Advertisements
Advertisements

Leave a Reply