द्रुत गतिमा सवारी चलाउदा गुम्यो २ हजार ५ सय डलर र छ महिनालाई लाइसेन्स

द्रुत गतिमा सवारी साधन चलाउने एक ड्राइभरलाई न्यु साउथ वेल्स प्रहरीले २ हजार ४ सय ८२ डलर जरिवाना गरेको छ । उनले अनुमति दिइएको भन्दा लगभग ५० किमी / घण्टा भन्दा बढी ड्राईभिंग गरिरहेको पाएपछी प्रहरीले पक्राऊ गरेको थियो ।

न्यू साउथ वेल्स पुलिसले दक्षिण अस्ट्रेलियाका उक्त व्यक्तिलाई शुक्रबार दिउँसो राज्यको मध्य पश्चिमको पारक्सको नेवेल राजमार्गमा पक्राउ गरेको हो । ती २६ बर्षीय युवकले ६० को जोनमा १११ किलोमिटर प्रति घण्टामा सवारी चलाएको प्रहरीले बताएको छ । ४५ किमी प्रति घण्टा भन्दा बढि गति सीमा नाघेकोमा उनलाई एउटा उल्लंघन सूचना जारी गरिएको थियो जस अनुसार उनलाई २ हजार ४ सय ८२ डलर जरिवाना र ६ डिमेरिट पोइन्टको सजाय दिइएको थियो । तत्काल देखी लागु हुनेगरी उसको लाइसेन्स छ महिनाको लागि निलम्बित गरिएको छ ।

Leave a Reply