अष्ट्रेलिया दोस्रो घर जस्तो लाग्छ: गायक अमृत गुरुङ

मिलन दाहाल- नेपालको चर्चित साँगीतिक समुह नेपथ्यका गायक अमृत गुरुङ्ले आफुलाई अष्ट्रेलिया दोस्रो घरझैं लाग्ने बताएका छन । नेपाल अष्ट्रेलिया टेलिभिजनका लागी पत्रकार नारायण खड्कालसँग गरेको कुराकानीको क्रममा गुरुङले यस्तो बताएका हुन । नेपाली लोकधुनहरुलाई पश्चात्य संगीत सँग फ्युजन गरि नेपाली जनजिब्रोमा हरदम झुण्डिरहने गीतहरु दिन सफल भएका कारण विश्वभरका नेपालीहरुमाझ निकै लोकप्रिय साँगीतिक समुह नेपथ्य अष्ट्रेलियाको पाँचौ भ्रमणका क्रममा रहेको छ । 

नेपथ्यले १९ नोभेम्बरमा ब्रिसवेन र २२ नोभेम्बरमा डार्विनमा आफ्नो प्रस्तुति दिइसकेको छ । समुहको आगामी कार्यक्रम एडिलेडमा ३ डिसेम्बरमा रहेको छ । त्यसपछी होबार्ट, सिड्नी र मेलबर्नमा क्रमश: ८, १४ र २३ डिसेम्बरमा आफ्नो प्रस्तुति दिएपछी पाँचौ अष्ट्रेलिया भ्रमणको सबै कार्यक्रम समाप्त हुने छ । अन्तरवार्ताको पुर्ण भिडियो यस्तो रहेको छ ।

 

Advertisements
Advertisements

Leave a Reply