साउथ अष्ट्रेलियामा चौथो लोसार मनाउदै तमु धी:

मिलन दाहाल–  तमु धी: ले साउथ अष्ट्रेलियामा चौथो पटक लोसार कार्यक्रमको आयोजना गर्ने भएको छ । गुरुङ्ग समुदायले नयाँ बर्षलाई लोसारका रुपमा मनाउने गरेका छन । सन् २०१६ देखी साउथ अष्ट्रेलियामा लगातार रुपमा लोसार कार्यक्रमको आयोजना गर्दै आइरहेको यस संस्थाले यस बर्षको लोसार आगामी २२ डिसेम्बर आइतबार  थेवार्टन कम्युनिटि सेन्टरमा मनाउने तयारी गरेको छ । अपह्रान्न १२ बजेदेखी साँझको ६ बजेसम्म खेलहरु र साँझ ६ बजेदेखी सांस्कृतिक कार्यक्रम गर्ने संस्थाको तयारी रहेको छ । संस्थाले लोसारका क्रममा नेपालका पुराना र लोकप्रिय खेलहरु छेलो, डन्डिबियो, डोरी तान्ने, भलिबल, दौड लगायतका खेलहरुमा खेलाउने गरेका कारण  साउथ अष्ट्रेलियामा कार्यक्रममा निकै मन पराइने गरेको छ । 

गुरुङहरुले यस बर्ष गत बर्ष स्वागत गरेको मृगलाई बिदाई गर्दै यस बर्ष मुसालाई स्वागत गरि मुसाको बर्षका रुपमा मनाउनेछन । गुरुङहरुले नयाँबर्षलाई बाह्र चक्रीय बर्षमा हरेक बर्षलाई बिभिन्न बाह्र खालका जनावरहरुको बर्षका रुपमा मनाउने गरेका छन् । 

यो पर्व विशेष गरि  तिब्बत, भुटान, नेपाल, भारत, पाकिस्तान लगायतका दक्षिण एसियाली देशहरुका बुद्द धर्मावलम्बिहरुले मनाउने गरेका छन । तिब्बतका बुद्द धर्मावलम्बिहरुले तिब्बति क्लेन्डरको पहिलो दिन मनाउने गरेको भएपनि नेपालका गुरुङ जातीले यो पर्व तिब्बती क्यालेन्डर शुरु हुनुभन्दा २ महिना पुर्ब नै मनाउने गरेका छन । दक्षिण एसियाली देशहरुमा मात्र मनाउने गरिएको लोसार नेपालीहरु विदेशमा फैलिएसँगै बिश्वभर मनाउने गरिएको छ ।  

Leave a Reply