स्विट्जरल्याण्ड नेपालीले गरे भारतविरुद्द प्रदर्शन

भारतले नेपालको भूमी समावेस गरी नयाँ नक्सा जारी गरेपछी विश्वभरबाट नेपालीहरुले विरोध जनाउदै आएका छन । हालसालै  स्विट्जरल्याण्डमा रहेका नेपालीले पनि सो नक्साप्रति बिरोध जनाउदै प्रदर्शनमा उत्रिएका छन । कस्मिर समेटिएको भारतको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समेटेको थियो ।  स्विट्जरल्याण्डमा रहेका नेपालीहरुले मंगलबार राजधानी बर्नमा रहेको भारतीय दूतावास अगाडि सीमा अतिक्रमणको विरोध गरेका हुन् ।

गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मंच र जनसम्पर्क समिति स्विट्जरल्याण्डको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको बताइएको छ । प्रर्दशमा स्विट्जरल्याण्डका विभिन्न क्षेत्रमा बसोबास गर्नै नेपाली सहभागी रहेको उक्त प्रदर्शनमा स्विस नागरिक पनि सहभागी भएको दाबी गरिएको छ ।

विरोध सभामा एनआरएनए स्विट्जरल्याण्डक अध्यक्ष शिब कुमार सुब्बा, संस्थापक अध्यक्ष संजय मुडभरी, प्रवासी नेपाली एकता मंचका संयोजक अच्युत फुँयाल, जनसम्पर्क समिति स्विट्जरल्याण्डका उपाध्यक्ष प्रकाश पौडेल, बेर्न समाज स्विट्जरल्याण्डका अध्यक्ष विष्णु थापा, एनआरएनए  आइसीसी सदस्य भुमि गुरुङ, एनआरएनए स्विसका पूर्वअध्यक्ष धर्म गुरुङ, पत्रकार युवराज फुँयाल, स्विस नागरिक समेतले मन्तव्य राखेका थिए ।

झण्डै एक घण्टा चलेको नाराबाजीपछी त्यहाँका नेपालीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्रसमेत पठाएको बताईएको छ । ज्ञापनपत्र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दुतावासलाई बुझाइदिने भन्दै स्विस प्रहरीले बुझेको बताइएको छ । 

Advertisements
Advertisements

Leave a Reply