नेपाली विद्यार्थीलाई फ्री एयरपोर्ट पिकअप गर्दै ‘नेप्लिज इन एडिलेड’

मिलन दाहाल- अष्ट्रेलियाको एडिलेडमा रहेको ‘नेप्लिज इन एडिलेड’ ले नेपालबाट पहिलो पटक विद्यार्थी भिसामा आउने नेपाली विद्यार्थीहरुलाई  एअरपोर्ट देखि कोठासम्म फ्री एयरपोर्ट पिक अप संचालनमा ल्याएको संस्थाका अध्यक्ष प्रकाश गैरेले बताए । गैरेले भर्खर नेपालबाट आउने बिद्यार्थीलाई अष्ट्रेलिया आउने वित्तिकै कोठा-काम खोज्ने, कलेज-युनिभरसिटी, सांस्कृतिक लगायतका विविध कारणले हुने  असहजतालाइ मध्यनजर गर्दै नव आगन्तुकलाई थोरै भएपनि राहत मिलोस भनेर यो अभियान शुरु गरिएको बताए । यसका साथै नवआगन्तुक विद्यार्थीलाई कोठा खोज्ने तरिका, मोबाइलको सिम लिने, बैंक खाता खोल्ने इत्यादि कुरामा परामर्श र परेको खण्डमा आफुहरु नै उपस्थित भएर सहयोग गरिदिने गरेको समेत उनले नेपाल अष्ट्रेलिया समाचार सँग बताए । 

यसै बर्षको जुनबाट शुरु गरेको अभियानबाट १६ जनाभन्दा बढी विद्यार्थीहरु संस्थाको सेवाबाट लाभान्वित भएको गैरेले जानकारी दिए । यसरी फ्री एयसपोर्ट पिक-अपका लागी योग्य हुन साउथ अष्ट्रेलिया पहिलो पटक पढ्न आएको र  साउथ अष्ट्रेलियामा कोही आफन्त नभएको हुनुपर्ने छ ।  

Advertisements
Advertisements

Leave a Reply