अरू लेभलबाट समस्या समाधान भएन भने मोदीसँग कुरा गर्छु: प्रम ओली

प्रधानमन्त्री आलीले सीमा समस्या गम्भीर विषय भएको बताउँदै प्रतिपक्षी दलका नेताहरुले यो विषयमा बोल्दा तौलेर बोल्नुपर्नेमा जोड दिए । उनले भने, ‘शेरबहादुर बाबुरामजीहरुले तौलका साथ बोल्दा बाञ्छनीय हुन्छ । सीमा समस्या गम्भीर विषय हो, सोहीअनुसार नेताहरुको अभिव्यक्ति आउनुपर्छ ।’ 

भारतीय समकक्षीसँग टेलिफोन गरेर वार्तामा बोलाउन सम्भव छैन भन्ने विषयको प्रश्नमा ओलीले विगतमा लिम्पियाधुराको विषयमा नेताहरुले अनदेख गरेको आरोप लगाए । त्यसबेलाका सरकारहरुको वाध्यतालाई स्मरण गर्दै उनले जसरी भएपनि उनीहरुले बोल्नुपर्ने बाध्यताबाट गुज्रिएको बताए । उनले भने, ‘हाम्रो भूभाग हो । यहाँ तिरो उठाइरहेका छौ भनेर भन्नुपथ्र्यो ।’ यस्तो विषयमा बोल्दा कहिलेकाहीँ सरकार गिर्न पनि तयार हुनुपर्ने उनले बताए । उनले भने, कहिलेकाँही यस्तो विषयमा सरकार गिर्न पनि सक्छ र नगिर्न पनि सक्थ्यो । कतिपय अवस्थामा सरकार गिर्न तयार हुनुपर्छ ।

अघिल्लोपटक म पनि गिरेको हो नि । सरकार ढालियो । नाकाबन्दीको विरोध गरेँ होला । उत्तरको नाका खोले हुँदा यस्तै कारणले त ढले होला ।’ तर राष्ट्रिय हितको मूल्यमा म सरकारमा रहन्छु कि रहन्न ठुलो कुरा होइन । मेरो पद ठुलो होइन, राष्ट्र राष्ट्र हो ।’

–भूमि विवादकमो विषयमा सिधै वार्ता सम्भव छ ?  भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यसमा के छ भने मोदीजी र मेरो बीचमा पनि कुरा हुनसक्छ । यो विषयमा विभिन्न तहमा कुरा हुनसक्छ । अरु लेभलमा कुरा मिलेन भने हामीबीच पनि कुरा हुन्छ । अनुमानका भरमा भन्दा पनि तथ्यमा रहेर हामी कुरा राख्छौँ । हामीसँग जनगणना गर्ने मान्छेहरुनै छन् । यसमा धेरै अप्ठ्यारो मान्नुपर्ने कारण छैन । यसमा आफूलाई देशभक्त देखाउन हर्कत गर्नुपर्ने, उपलब्धिहीन कुरा गर्नुपर्ने, उत्ताउलो कुरा गरेर वार्तावरण विगार्नु हुन्न् । वैदेशिक सेना फिर्ता पठाउनुपर्छ । ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसार भयो भन्नेलाई मेरो कुनै टिप्पणी छैन । मेरोलागी देशभक्ति निष्ठाको कुरा हो ।’

Advertisements
Advertisements

Leave a Reply