सिड्नीमा श्रीमतीद्वारा हत्या गरिएकाको परिचय खुल्यो

शनिबार साँझ सिड्नीमा आफ्नै श्रीमतीद्वारा मारिएका भनिएका नेपालीको परिचय खुलेको छ । उनी बुटवलका सन्तोष गौतम भएको खुलेको हो । 

हिजो साँझ वेस्टर्न सिड्नीको ग्रानभिलमा भएको उनको हत्या आरोपमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गरिने प्रहरीले बताएको छ । हिजो साँझ भएको घटनामा परामेडडिक्सले अचेत अवस्थामा रहेका ३४ बर्षीय नेपाली युवालाई  थप उपचारका लागी वेस्टमेडड अस्पताल लगेपछि उनको मृत्यु भएको थियो । 

घटनास्थलमा भेटिएकि गौतमकि श्रीमतीलाई पनि  उपचारका लागी वेस्टमेड अस्पताल लगिएकोमा अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै ती युवतीलाइ पक्राउ गरिएको थियो । । मृतक गौतमकी श्रीमतीले धरौटीमा रिहा गर्न गरेको आग्रह अदालतले अस्विकार गरेको थियो । प्रहरीले घटनावारे थप अनुसन्धान गरिरहेको छ । 

 उनीहरु नेपाली भएको पुष्टि यसअघिनै गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष देव गुरुङले गरिसकेका छन । 

 

Advertisements
Advertisements

Leave a Reply