अष्ट्रेलियामा श्रीमान हत्या आरोपमा नेपाली युवती पक्राउ

सिड्नी- हिजो साँझ वेस्टर्न सिड्नीको ग्रानभिलमा भएको हत्या आरोपमा प्रहरीले एक नेपाली युवतीलाई आज अदालतमा पेश गर्ने भएको छ । हिजो साँझ भएको घटनामा परामेडडिक्सले अचेत अवस्थामा रहेका ३४ बर्षीय नेपाली युवालाई घटना स्थलमा उपचार गरि थप उपचारका लागी वेस्टमेडड अस्पताल लगेपछि उनको मृत्यु भएको थियो । 

घटनास्थलमा भेटिएकि ३४ बर्षीय युवतीलाई पनि प्रहरीले उपचारका लागी वेस्टमेड अस्पताल लगेको थियो । उनको अवस्था स्थिर रहेको बताइएको छ । 

अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै ती युवतीलाइ प्रहरीले पक्राउ गरि ग्रेनभिल प्रहरी कार्यालय लगेको थियो । उनलाई धरौटीमा रिहा गर्न अस्विकार गरिएको थियो भने छ भने आज अदालतने घटनाको बारेमा सुनुवाई गरि बाँकि निर्णय गर्ने छ । प्रहरीले घटनावारे थप अनुसन्धान गरिरहेको छ । 

 उनीहरु नेपाली भएको पुष्टि यसअघिनै गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष देव गुरुङले गरिसकेका छन । 

 

1 thought on “अष्ट्रेलियामा श्रीमान हत्या आरोपमा नेपाली युवती पक्राउ

Leave a Reply