अष्ट्रेलियामा इन्द्रजात्रा

१५ सेप्टेम्बर २०१९, एडिलेड- कुनैबेला काठमाण्डौको सडकमा मात्र सिमित नेपाली चाडपर्वहरु हाल विश्वभर मनाउन थालिएको छ । नेवारी भाषामा ‘येन्या’ भनिने इन्द्र जात्रा कुनैबेलाकाठमाण्डौमा मनाइने सबैभन्दा ठुलो सडक पर्वको रुपमा परिभाषित थियो । ‘ये’ को अर्थ काठमाण्डौ र ‘या’ को अर्थ मनाइने भन्ने हुन्छ । समग्रमा ‘येन्या’ को अर्थ ‘काठमाण्डौभित्र मनाइने पर्व’ हुन्छ ।  तर इन्द्रजात्रा अर्थात ‘येन्या’ अब यो परिभाषाभित्र मात्र सीमित रहेन ।

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

साउथ अष्ट्रेलियाको एडिलेडमा आइतवार तेस्रोपटक धुमधामसँग इन्द्रजात्रा पर्व मनाईएको छ । गुठी साउथ अष्ट्रेलियाको आयोजनामा एड्वाड्सटाउनको म्यासोनिक हलमा मनाइएको इन्द्रजात्रा पर्वमा काठामाण्डौमा जस्तैगरी कुमारी जात्रा, लाखेनाच, पुलुकिसे, धिमेबाजा, समायेवाजीका साथै विविध नेवारी नृत्यहरुको साथमा मनाइएको थियो । ग्रेस इन्टरनेशनलको मुख्य प्रायोजनमा भएको कार्यक्रम अइह्रान्न १ बजेदेखी साँझको सात बजेसम्म चलेको थियो । साउथ अष्ट्रेलियाका उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको कार्यक्रमको विदेशीहरुले समेत विशेष चासोका साथ अवलोकन गरिरहेका देखिन्थे । प्रवेश निशुल्क रहेको कार्यक्रममा ‘समाये वाजी‘ अर्थात नेवारी खानाको लागी भने ५ डलर कायम गरिएको थियो । गुठी साउथ अष्ट्रेलिया अध्यक्ष मंगलमान बज्राचार्यले खानाको दुरुपयोग नहोस भनेरमात्र खानाका लागी शुल्क कायम गरिएको नेपाल अष्ट्रेलिया न्युजसँग बताए । 

 

 

 

 

 

राजा गुणकामदेवले १० औं शताब्दिमा काठमाण्डौ पत्ता लगाएपछी इन्द्रजात्रा मनाउन थालेको किमवदंति रहेको छ । १० औं शाताब्दि देखी निरन्तर मनाउदै आएको विश्वास गरिएको यो पर्ब काठमाण्डौ दरवार स्क्वायरमा मनाउने गरिन्छ । 

Advertisements

Leave a Reply