एडिलेड नेपाली समाजको तीज कार्यक्रम सम्पन्न

३० अगष्ट २०१९, एडिलेड- एडिलेडको साउथतिर बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै एडिलेड नेपाली समाजले तीज कार्यक्रम आयोजना गरेको छ । गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियासँग सहकार्य गर्दै समाजले तीजको आयोजना गरेको हो । शनिवार क्लोभेल्ली पार्कमा रहेको कोसग्रोभ हलमा अपह्रान्न ५ बजेदेखी  कार्यक्रमको आयोजना भएको थियो । 

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

सेज होम लोन्स, मेट्स इन्टरनेसनल, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस, बिजिनस प्लानेट, स्मार्ट ट्याक्स एन्ड एकाउन्टिङ, पेस्ट एस ए लगायतको प्रायोजनमा भएको कार्यक्रममा निशुल्क खानाको समेत व्यवस्था गरिएको थियो । एडिलेड नेपाली विद्यालकका वालवालिकाहरुकोसमेत प्रस्तुति रहेको  कार्यक्रमको विशेष आकर्षणका रुपका नेपालबाट आमन्त्रित लोक गायिका जानकि तरामी मगर रहेकि थिइन । उनले स्टेजमा गाईररहदा उपस्थित महिलाहरु नाचिरहेका देखिन्थे । कार्यक्रमको संचालन रीता शशंकार र प्रसम्सा  अर्यालेले गरेका थिए । 

नेपाली चेलीहररुको उल्लेख्य उपस्थितिका कारण कार्यक्रममा प्रफुल्ल मुद्रामा देखिएका एडडिलेडड नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, स्वयमसेवक लगायत उपस्थिति जनाउने दर्शकहरुलाई समेत धन्यवाद दिए । उनले थपे “एडिलेड नेपाली समाजले मनाएका ८ वटा तीजमध्ये ६ बटा तीजको मैले प्रत्यक्ष अवलोकन गरेको छु । समाजको तीजलाई एडिलेडमा रहेका नेपाली चेलिबेटीहरुले रुचाउनु हुन्छ, फलस्वररुप उपस्थिति हरेक बर्ष बढिरहेको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ । “

Advertisements

Leave a Reply