तीजमय बन्यो सिड्नी, महिलाहरु छमछमि

२५ अगष्ट २०१९, सिड्नी- शनिवार सिड्नीको वायात पार्क तीजमय भयो । कारण थियो अवर्न नेप्लिज कम्युनिटिको आयोजनामा भएको तीज कार्यक्रम । स्थानिय कलाकारको प्रस्तुतिसँग शुरुवात भएको कार्यक्रममा   ख्यातिप्राप्त नेपाली कलाकाहरु बद्री पंगेनी, प्रिति आलेमगर, गलबन्दी गीतमार्फत पछिल्लो समय चर्चित बनेका प्रकाश सपुत, बुगीवुगी बिजेता नृत्यङ्गगना कबिता नेपाली लगायतका प्रस्तुतिले उपस्थितहरु मन्त्रमुग्ध बनेका थिए ।  

प्रकाश सपुत र प्रिति आलेको र्याप ब्याटलमा दर्शकहरु झुमेका थिए भने बद्री पगेनीको लोकगीतको मजापनि उत्तिकै लिइरहेका थिए । कबिता नेपालीको नृत्यमा युवायुवतिहरु स्टेजबाहिरपनि नाचेर साथ दिइरहेका देखिन्थे । 

नेपाली खानाका सातै अन्य विविध स्टलहरु राखिएको उक्त कार्यक्रममा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

नेपालीहरुको संख्या बढेसँगै पछील्लो समय अष्ट्रेलियामा नेपाली चाडपर्वहरु धुमधामसँग मनाउन थालिएको छ । दंशै, तीजलगायतका चाडपर्वहररुमा अष्ट्रेलियामा छुट्टै रौनक देखिनथालेको छ । 

Leave a Reply