नबिन कंडेलले अोशेनिया उपसंयोजकमा उम्मेद्वारी दिने

२५ अगष्ट २०१९, एडिलेड- साउथ अष्ट्रेलियामा बसोवास गर्ने नबिन कंडेलले गैर आवासीय नेपाली संघ अोशेनियाको उप-संयोजक पदमा उम्मेद्वादी दिने भएका छन ।एक कार्यकाल ( सन् २०१५-१७) साउथ अष्ट्रेलिया संयोजकका रुपमा काम गरिसकेका तथा विविधरुपमा साउथ अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय कंडेलले गत बिहिवार सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले उम्मेद्वारी दिने घोषणा गरेका हुन । उनको घोषणा यस्तो छ- 

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

सम्पूर्ण NRNA दाजु भाई , दीदी बहिनी तथा साथीहरुमा
नमस्कार
अष्ट्रेलिया आए देखीनै NRNA संस्थामा प्रत्यक्ष वा परोक्ष रुपमा निरन्तर हातेमालो गर्दै हाम्रो नेपाली समाज को लागि काम गर्दै आएको यहाँहरू माझ सर्बबिदितै छ, यसै क्रमलाई निरंतरता दिँदै आगामी अक्टोबर १५-१७मा हुने NRNA अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशनमा “ओसियाना क्षेत्रको सह- संयोजक – Deputy Regional Coordinator (OCEANIA)” पदमा उम्मेद्बारी दिने इच्छा यसै सन्देश मार्फत अवगत गराउन चाहन्छु। सदा जस्तै यस पटक पनि तपाईंहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
धन्यबाद
जय NRNA

एनआरएनएको अन्तराष्ट्रिय समन्वय समिति, आोशेनिया लगायतका क्षेत्रिय समितिहरुका बिभिन्न पदहरुमा अक्टोवरमा काठमाण्डौमा निर्वाचन हुँदैछ । 

Advertisements

Leave a Reply