शालिकरामले प्रेमीका भेट्न छुट्टै कोठा लिएको खुल्यो

२५ अगष्ट २०१९, काठमाण्डौ- कार्यक्रम प्रस्तोता रवी लामिछाने,  पत्रकार युवराज कंडेल र नर्स अश्मिता कार्कीलाई अफुलाई मर्न बाध्य पारेको आरोप लगाउदै आत्महत्या गरेका शालिकरामले प्रेमीका भेट्न छुट्टै कोठा लिएको खुलेको छ । 

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नम्बर ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।

प्रहरीले टोखा नगरपालिका ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामाग्री बरामद गरेको रोहबर बसेका वडाध्यक्ष अधिकारीले बताए ।

‘प्रहरीले खबर गरेपछि गएका हौं’, अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहित कागजात प्रहरीले बरामद गरेको छ ।’

प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन । नागरिक दैनिकबाट

Advertisements

Leave a Reply