छुट्लान त रवी लामिछाने आज?

२५ अगष्ट २०१९, काठमाण्डौ- पुर्व सहकर्मी पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा रहेका कार्यक्रम प्रस्तोता रवी लामिछानेको दोस्रोपटक अदालतबाट थपिएको समयसीमा आइतवार समाप्त हुदैछ । उनका समर्थकहरु लामिछाने आज छुट्ने अपेक्षा गरिरहेका छन भने प्रशासनले अनुसन्धान नसकिएको भन्दै तेस्रो पटक समय थपको लागी अदालतलाई अनुरोध गर्ने बुझिएको छ । 

हालसम्मको अनुसन्धानबाट लामिछाने प्रत्यक्षरुपमा जिम्मेवार हुने कुनै कुरा प्रशासनले सार्वजनिक गरेको छैन् । यसैबिच कान्तिपुर दैनिकले शालिकराम, उनकि पत्नी सम्झना र अस्मिता बिचको कुराकानी र अस्मिताकि वकिलसँगको कुराकानीमा गरेको खोजबाट शालिकरामको विवाहोत्तरको प्रेमसम्बन्ध नै शालिकरामको आत्महत्याको कारण रहेको सामाग्री शनिवारमात्र प्रकासित गरेको छ । 

शालिकरामको आत्महत्या पछी प्रहरीसँग सुरक्षित रहेको भनेको रवी लामिछाने, युवराज कंडेल र अश्मिता कार्कीलाई आफ्नो आत्महत्याको जिम्मेवार रहेको भिडियो एकाएक सार्वजनिक भएपछी  किटानी जाहेरी हुनुपुर्वनै प्रहरीले रवी लामिछाने, युवराज कंडेल र अश्मिता कार्कीलाई पक्राउ गरेको थियो । 

उता घटनाको अनुसंधान गरिरहेका प्रचण्डका पुर्व अंगरक्षकसमेत रहेका एसपी दानबहादुर मल्लले दुइ हप्तादेखी न्युज २४ टेलिभिजनसँग कुराकानी गर्न नमानेको खुलेको छ । अन्य सञ्चारकर्मीसँग कुराकानी गरिरहेको भएपनी न्युज २४ टेलिभिजनसँग भने कुराकानी गर्न हिच्किचाइरहेको इशा गुरुङले बताएकि छ । 

नायीका श्रीषा कार्कीको नग्न तस्विर रार्वजनिक गरि उनलाई आत्मगत्या गर्न बाध्य पार्ने तथा शालिकरामको भिडियो सार्वजनिक गरेका नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रवी केही दिनमा सफाइ पाएर निस्कने अभिव्यक्ति यसअघिनै दिइसकेका छन । 

Advertisements
Advertisements

Leave a Reply