नेपाली पाठशालाद्वारा तीज कार्यक्रमको आयोजना

२५ अगष्ट २०१९, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा नेपाली पाठशालाले तीज कार्यक्रमको आयोजना गरेको छ । एडिलेडको उत्तरी भागमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपाली भाषा, संस्कृति, कला, साहित्य लगायतका नेपाल सम्बन्धित कुराहरु सिकाउदै आएको पाठशालाले शनिवार तिज कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्य तिजका नृत्यहरु प्रस्तुत गरिएको थियो । क्लेम्जिग कम्युनिटि हलमा भएको कार्यक्रममा ठुलो संख्यामा उपस्थित भएका नेपाली नारीहरु स्टेजको नृत्यसँगै ताल मिलाइरहेका थिए । कार्यक्रममा ‘तिजको दर’ को समेत व्यवस्था गरिएको थियो ।  कार्यक्रमको संचालन लक्ष्मी निरौला र अनिता  लम्सालले गरेका थिए ।  कार्यक्रममा पाठशालाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

एडिलेडमा बढ्दै गरेका दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति, कला, साहित्य लगायतका नेपालसम्बन्धित कुराहरु सिकाउने नेपाली पाठशालाले सन २००८ देखी तीज कार्यक्रमको आयोजना गर्दै आइरहेको नेपाली पाठशालाका अध्यक्ष कपिल पाण्डेले बताए । साथै कार्यक्रममा उपस्थिति जनाइ तथा स्वयंसेवकका रुपमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत दिए । 

 

Advertisements
Advertisements

Leave a Reply