अष्ट्रेलियामा कंगारुले लियो दुइ नेपाली विद्यार्थीको जीवन

२८ जुलाई २०१९, क्यानवेरा- अष्ट्रेलियाको सिड्नीबाट स्नोइ मानन्टेनमा हिँऊ खेल्न जाने क्रममा सडक दुर्धटनामा परि दुइ नेपाली विद्यार्थीको मृत्यु भएको छ भने सोही कारमा यात्रारत बाँकि तीनजना घाइते भएका छन । स्नोई माउन्टेनमा हिँउ खेल्न हिडेका १५ जनामध्ये ५ जना दुर्घटनामा परेको बुझिएको छ । दुर्घटनामा पर्नेहरुमा समिक्षा सुवेदी, गोपाल भण्डारी, अश्विन कडेल, सागर भट्टराइको र सँगीत देवकोटा रहेका छन । समिक्षा सुबेदी स्यांग्जा, गोपाल भन्डारी र सागर भट्टराइ चितवन, अश्विन कंडेल ललितपुर र सँगीत देवकोटा भरतपुरका रहेको बुझिएको छ ।  दुर्घटनामा स्यांञ्जाकि समिक्षा सुवेदी र चितवनका गोपाल भण्डारीको मृत्यु भएको बुझिएको छ । 

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

बिहान ४ बजेतिर भएको दुर्घटनामा गंभिर घाइते भएका २ जनालाई हेलिकप्टरबाट क्यान्वेरास्थित अस्पतालमा ल्याइएको थियो भने सामान्य घाइते बनेका एकजनाको स्थानिय अस्पतालमा उपचार भएको थियो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको बुझिएको छ । 

क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न एनआरएन एसिटीका प्रतिनिधिहरु र अष्ट्रेलियाका लागी नेपाल सरकारका कार्यवाहक राजदूत द्रुपदा सापकोटाका अस्पताल दुतावास निकट स्रोतले बताएको छ ।

सवारी चालक सागर भट्टराइलाई उदृत गर्दै कृष्ण हमालले कंगारुलाई बचाउन खोज्दा उक्त दुर्घटना भएको बताएका छन । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमहरुले  जनाएका छन ।

Advertisements

Leave a Reply