लगातारको बर्षाले सिरहाको दर्जनौं वस्ती डुबानमा

सिरहाको कल्याणपुर नपा–६ का कामेश्वर यादवलाई कमला नदीले बगाएको छ । कमला नदीमा डुङ्गा चलाउने काम गर्दै आएका उनी आज अपरान्ह बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जानकारी दिए । पानीको वहाव धेरै रहेकोले खोजीमा समस्या भएको छ ।

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

सिरहाका विभिन्न स्थानबाट प्रहरीले एक हजार ८ सय ३४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता डिएसपी अपिलराज बोहराले जनाएको छ ।

सिरहा नपा ४ सरस्वर अत्यधिक जोमिपूर्ण अवस्थामा रहेको प्रहरीले उनले जनकारी दिए । त्यहाँ अझैँ पानी कम नभएकाले उद्धारमा समस्या भएको प्रहरीको भनाई छ । सरस्वरबाट एक हजार भन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तर गरिएकोे छ ।

उत्तरतर्फबाट बग्दै गएको पानी र कमलानदीबाट सारस्वर गाउँमा पानी पसेर जलबग्न भएको हो । पानी नरोकीएको र कमला नदीमा पनि बाढी कम नहुँदा थप उद्धारको लागि उद्धारकर्मी पठाउन समस्या भईरहेको प्रहरीले जनाएको छ । ‘अब पानी कम भएको जस्तो देखिएको छ । पानी कम भएपछि थप उद्धारको कार्य सुरु गर्छौं,’ प्रवक्ता बोहराले भने, ‘अहिले वर्षा नरोकिएकाले समस्या भईरहेको छ ।’

त्यसैगरी, पूर्वपश्चिम राजमार्ग क्षेत्रका बजाहरु जलमग्न भएको छ । पानीको व्यवस्थित निकास नहुँदा बजारक्षेत्र जलमग्न भएको हो । पूर्वपश्चिम राजमार्गको लहान, छपराडी, गोलबजार, चोहर्वा मिर्चैयाको सडकमै पानी बगिरहेको छ । सडकबाट पानी बग्न थालेपछि सवारी साधनलाई आवतजावतमा समस्या हुन थालेको छ । पानी बगिरहेका ठाउँहरुमा एकतर्फी सवारी साधन चलेको छ ।

वर्षाका कारण ठाउँ–ठाउँमा विद्युतका पोलहरु ढलेकाले विद्युत आपूर्तिमा समेत समस्या हुन थालेको छ ।

रातोपाटीबाट

Advertisements

Leave a Reply