परीक्षा दिएर घर फर्कँदै गरेका ३ विद्यार्थीलाई माइखोलाले बगायो

इलामको माइखोलाले बगाउदा परीक्षा दिएर घर फर्कँदै गरेका माई नगरपालिकाका ३ विद्यार्थी बेपत्ता भएका छन् । शुक्रबार परीक्षा सकिएर घर फर्कदै गरेको अवस्थामा खाेला तर्ने क्रममा उनीहरुलाई बगेका हुन् ।

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

बेपत्ता हुनेमा माई नगरपालिका–१ बरदरेमा १५ वर्षीया सुनिता लिम्बु, १५ वर्षीया निसा सुनार र १२ वर्षीया आकृति लिम्बू रहेका छन् । जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालयका इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार उनीहरुको खोजीकार्य भईरहेको छ ।

उनीहरु कुन विद्यालयमा अध्यायनरत थिए भन्ने पनि खुल्न नसकेको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताएका छन् । शुक्रबार नै इलामको चुलाचुली गाउँपालिका १ का ५५ वर्षीय अञ्चल लावतीको खोलाले बगाएर ज्यान गएको थियो ।

Advertisements

Leave a Reply