अष्ट्रेलियामा आत्महत्या गरेका विद्यार्थीको मृत शरिर नेपाल पठाउन सहयोग संकलन गरिदै

१३ जुलाई २०१९, सिड्नी- शुक्रवार सिड्नीमा आत्महत्या गरेका झापाका २१ बर्षिय विद्यार्थी स्वदेश सेढाईको पार्थिव शरिर नेपाल लैजान सहयोग संकलन शुरु गरिएको छ । Vision for Motivation नामको संस्थाले झापाली समाज अष्ट्रेलियासँगको सहकार्यमा सहयोग संकलन शुरु गरेको हो । 

सेढाइको शरिर हाल अष्ट्रेलियाको नियम बमोजिमको औपचारिकता पुरा गर्ने क्रममा छ । अष्ट्रेलियन सरकारको नियम बमोजिमको प्रक्रिया पुरा भएपछी प्रहरीले शरिर सेढाइका आफन्तलाई हस्तान्तरण गर्ने छ । प्रहरीबाट शरिर प्राप्त भइसकेपछी उक्त पार्थिव शरिर नेपाल लैजाने प्रक्रिया शुरु हुने छ । सेढाइको शरिर नेपाल लैजान सहयोग गर्न चाहनेले देहायको खातामा सहयोग रकम ट्रान्सफर गरि सहयोग गर्न सकिने छ । 

Account Name: Vision For Motivation
BSB: 062235  Account: 10844885
REFERENCE: Rip Swadesh

यसैगरी झापाली समाज अष्ट्रेलिया आफैंले समेत सेढाईको पार्थिव शरिर नेपाल पठाउन सहयोग संकलन शुरु गरेको छ । झापाली समाजको तलको बैकंमा रकम ट्रान्सफर गरेर समेत सहयोग गर्न सकिने छ । 

Account Name: Jhapali Samaj Australia
BSB: 062 443 Account: 1111 9317
Reference: Donor Name/Help Swadesh

Leave a Reply