एक लाख घुससहित चार प्रहरी पक्राउ

सामाखुसी चोकबाट घुस लिँदै गरेको अवस्थामा चार प्रहरी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा घुस लेनदेन हुन लागेको जानकारी पाएलगत्तै गएको टोलीले एक लाख रुपैयाँ घुससहित हो। जसमा ३ ट्राफिक प्रहरी र एकजना दुई नम्बर गणका प्रहरी जवान रहेको अख्तियारले जनाएको छ ।

उनीहरुलाई सामाखुसीको एक मिठाई पसलबाट घुस दिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

पक्राउ परेका प्रहरी जवानहरुले बिमा रकम दाबीका लागि सवारी दुर्घटना प्रमाणित गर्न कागजात बनाइदिने भनेर एक व्यक्ति मार्फत एकलाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ । यद्यपि पक्राउ परेका प्रहरी जवानहरुको परिचय भने खुलाइएको छैन् ।

Advertisements
Advertisements

Leave a Reply