एनआरएनएले दियो नेपाल फेष्टिभलका सहयोगीहरुलाई रात्रीभोज

२५ मे २०१९, एडिलेड- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले नेपाली नयाँ बर्षको दिन अर्थात १४ अप्रिलमा आयोजना गरेको नेपाल फेस्टिबलमा बिभिन्न तरिकाले सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गर्न रात्रीभोज कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संघको नेपाल फेस्टिबल सफल बनाउन भूमिका खेल्ने प्रायोजक, भोल्युण्टियर्स, कलाकार, फोटोग्राफर, संचारकर्मी लगायतलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । संघका साउथ अष्ट्रेलिया संयोजकसमेत नेपाल फेष्टिभलमा संयोजक अशोक केसीले सहयोगीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा साउथ अष्ट्रेलियाका लागी नेपाली अवैतनिक वाणिज्य दुत दिपक धमलाको उपस्थिति रहेको थियो ।

नेपाल फेष्टिभललाई प्रवासमा नेपाली कला-संस्कृति, भेषभूषा, खाना इत्यादि प्रवर्द्धन गर्ने एनआरएनएको प्रभावकारी एवं बृहत कार्यक्रमका रूपमा हेर्ने गरिन्छ । साउथ अष्ट्रेलियामा भएको नेपाल फेस्टिबलमा नेपाली, नेपालीभाषी भुटानी तथा विदेशीहरू गरि ठूलो संख्यामा मानिसहरूले अवलोकन गरेका थिए ।

Advertisements

Leave a Reply