अष्ट्रेलियामा नक्कली नेपाली लाइसेन्सले सवारी चलाउदै हुनुहुन्छ? सावधान!

९ मे २०१९, एडिलेड- अष्ट्रेलियामा नक्कली नेपाली लाइसेन्स लिएर सवारी चलाउदै हुनुहुन्छ ? सावधान ! नेपाल सरकारले नेपाली लाइसेन्सलाई वेभसाइटबाट हेर्न सकिने बनाएपछी अष्ट्रेलियाको सम्बन्धित निकायले सजिलैसँग तपाईको लाइसेन्नबारे कुनैपनि बेला जानकारी लिन सक्ने भएको हो । तपाईको नेपाली लाइसेन्सको विवरण यो लिङ्कमा गएर सजिलैसँग हेर्न सकिन्छ । 

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

अष्ट्रेलियामा नक्कली लाइसेन्स बोकेर सवारी चलाउनु बिना लाइसेन्स सवारी चलाउनु जत्तिकै हो । यसको सजाय राज्यअनुसार फरक फरक छ । अष्ट्रेलियामा बिना लाइसेन्स सवारी चलाउदा  $३,६०० सम्म जरिवाना र ३ महिनासम्मको जेल हुनसक्छ भने जिन्दगीभरिका लागी लाइसेन्सको लागी आयोग्यपनि हुन सकिन्छ । तसर्थ, नक्कली नेपाली लाइसेन्स बोकेर सवारी नचलाउनु नै बुद्दिमानी हुन्छ । 

न्यु साउथ वेल्सले नेपाली लाइसेन्सलाई अष्ट्रेलियनमा परिवर्तन गर्न चाहनेहरुका लागी नेपाली नियोगबाट नेपाली लाईसेन्स प्रमाणिकरण गर्नुपर्ने ब्यवस्था यसअघिनै गरिसकेको छ । 

Advertisements

Leave a Reply