एनआरएनएको भोटिङ अनलाइन नहुने, प्रमाण लिएर बुथ जानुपर्ने

२ मे २०१९, सिड्नी- गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको भोटिङ अनलाइन नहुने भएको छ । संघले एक सुचना प्रकाशित गर्दै भोटिङ गर्न जाँदा पासपोर्टका साथमा सदस्यता लिदा पेश गरेको प्रमाण लिएर जानुपर्ने बताएपछि यसअघि चर्चामा रहेको ‘घरमै बसिबसि कम्प्युटरबाट भोट दिन सकिने’ अवस्थाको संभावनाको अन्त्य भएको हो ।

यसका साथै संघले निर्वाचनको मितिसमेत सार्वजनिक गरेको छ । संघका अनुसार आगामी जुलाई ६ मा संघको आगामी कार्यकालका निमित्त निर्वाचन हुनेछ ।

Advertisements
Advertisements

Leave a Reply