अष्ट्रेलियाको एनआरएन सदस्य करिब १२ हजार, साउथ अष्ट्रेलियामा २० प्रतिशतको दाबि

१ मे २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यता संख्या १२ हजारको नजिक पुगेको बताईएको छ । संघको सदस्यता पछिल्लो हप्तामा अकल्पनिय रुपमा बढेर १२ हजारको नजिक पुगेको हो । अप्रिल १७ सम्म एनआरएनए अष्ट्रेलियाको सदस्यता संख्या केवल ५ सय ६८ रहेकोमा सदस्यता आवेदन बन्द हुने दिनसम्म आइपुग्दा नाटकिय रुपमा बढेर ११ हजार ८ सय १८ पुगेको हो ।

साउथ अष्ट्रेलियाको मात्र कुल आवेदन संख्या १ हजार ६८ पुगेको साउथ अष्ट्रेलिया संयोजक अशोक केसीले बताएका छन । उक्त संख्यामा केही अझै प्रमाणित हुन बाँकी रहेकाले संघका पदाधिकारीले मात्र देख्न सक्छन । गत निर्वाचनमा संघको साउथ अष्ट्रेलियाको कुल सदस्य संख्या ५ सय ५२ रहेकोमा यसपाली उक्त संख्या बढेर लगभग दोब्बर पुगेको हो । एनआरएन साउथ अष्ट्रेलियाको सदस्यता संख्या यहांको कुल नेपालीहरुको जनससंख्याको २० प्रतिशत बढी भएको दाबी केसीको छ । यद्यपी साउथ अष्ट्रेलियामा कति नेपाली बस्छन भन्ने यकिन तथ्यांक न नेपाल सरकारसँग छ न कुनै संघसस्थासँग नै ।

निकै नियन्त्रित बनाइएको दाबी गरिएको बर्तमान एनआरएनए अस्ट्रेलिया सदस्यता आबेदन प्रणालीमा पनि ब्यापक अनियमितता भएकोमा धेरैले चिन्ता ब्याक्त गरेका छन । निराजन गौलीले सामाजिक सञ्जाल फेसबुकमा एकजनासँगको सवांदका रुपमा रोचक ढंगबाट एनआरएनएको सदस्यता अनियमितताको हद राख्दै आफु स्तव्ध बनेको बताएका छन् । उनले अष्ट्रेलियाको कतै १२ बटासम्म कम्युटरको प्रयोग गरी सदस्यता बनाउने काम गरिएको र सदस्यता बनाउनेहरुले नै यसपालीको ‘इलेक्ट्रोनिक भोटिङ’ प्रणालिको दुरुपयोग गर्दै आफुले ‘किनेका’ सदस्यको भोटसम्म आफैंले हालिदिने गरि अनियमितता हुँदैगरेको सुचना आफुलाइ आएको जानकारी दिएका छन ।

यसैगरी साउथ अष्ट्रेलियामा समेत गिफ्ट कार्डहरुको प्रयोग गर्दै व्यापक सदस्य बनाइएको गोप्य श्रोतको दाबी छ । व्यक्तिको बैंक कार्डबाट बढी सदस्य बनाउदा छानबिन हुनसक्ने भएपछी उनीहरुले गिफ्ट कार्डको प्रयोग गरिएको श्रोतले बताएको छ ।

यसैगरी एनआरएनए साउथ अष्ट्रेलिया निर्वाचनसँग बिगतदेखिनै जोडिएका राजु उपाध्यायहरुले साउथ अष्ट्रेलियामा ब्यावसाय गर्ने नेपाली ब्यावसायीहरुले ‘ब्यावसायीक इमान्दारीता’ को धज्जि उडाउदै आफ्ना व्यावसायिक स्थलमानै खुलमखुल्ला आफुले चाहेको उमेद्वारलाई भोट हाले सदस्यता बनाइदिने भन्ने गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन ।

Advertisements
Advertisements

Leave a Reply