बढेन एनआरएनए सदस्यता, घट्ने अनुमान

१७ अप्रिल २०१९, सिड्नी- गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता आबेदन बन्द हुन २ हप्ता भन्दा कम समय बाँकी रहँदासम्म मात्र ५६८ जनाले सदस्यता लिएका छन । हुन त अन्तिम समयसम्म कुर्ने नेपाली बानी नै छ । तैपनि, २१ महिनासम्म सदस्यता आवेदन खुला रहदा १ लाखबढी नेपाली रहेको बिश्वमा गरिएको अष्ट्रेलियामा उक्त संख्याको आवेदन अत्यन्त कम हो । यस अर्थमा आगामी नेतृत्वलाई गैर आवासीय नेपाली संघले अष्ट्रेलियामा बस्ने बहुसंख्यक नेपालीको प्रतिनिधित्व गर्छ भन्ने कुरा पुष्टि गर्न धौ धौ पर्ने स्पष्ट देखिन्छ ।

आवेदन बन्द हुन २ हप्तामात्र बाँकी रहँदाको अवस्थामा यति कम सदस्यता आबेदन हुदा गत वर्षको तुलनामा यो वर्ष सदस्यता संख्या घट्ने अनुमान धेरैले गर्न थालेका छन ।

Advertisements
Advertisements

Leave a Reply