प्रवासी नेपाली एकता मञ्चले मनायो साउथ अष्ट्रेलियामा नेपाली टोपी दिवस

१ जनवरी २०१९, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा प्रवासी नेपाली एकता मञ्चको आयोजनामा छैठौं राष्ट्रिय नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न भएको छ । दक्षिणी एडिलेडको पार्क होममा अवस्थित हेन्ड्री स्ट्रिट रिजर्भमा आयोजित कार्यक्रममा २ सयबढीको उपस्थिति रहेको थियो । कार्यक्रम अपह्रान्न २ बजेदेखी सञ्चालन भएको थियो ।

कार्यक्रममा साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका अवैतानिक बाणिज्यदुत दिपक घमला प्रमुख अतिथि रहेका थिए । साथै अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोवल समिति उपाध्यक्ष रामचन्द्र थापा, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक आशोक केसी लगायत एडिलेडमा रहेका बिभिन्न संस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन कार्यक्रममा उपस्थिति जनाउएर साथै विभिन्न प्रत्यक्ष र अप्रतक्ष्य तवरबाट सहयोग गर्ने बिभिन्न महानुभावहरुलाई कार्यक्रमलाइ संयोजन गरेका कपिल पाण्डेले धन्यवाद दिए । कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चलाई गत तिहारमा देउसीको निमन्त्रणा स्विकार गरि सहयोग गर्ने परिवारलाई ढाका टोपीले सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुपनि रहेको थियो भने मनोरञ्जनार्थ केही खेलको समेत व्यवस्था गरिएको थियो । कार्यक्रममा आगन्तुकहरुलाई खानाको समेत व्यवस्था रहेको थियो । कार्यक्रमको संचालन शिव रिमालले गरेका थिए ।

Leave a Reply