नेपालका अस्पताल स्तरोन्नतिका लागी एडिलेडमा ‘क्रुज पार्टी’

१६ डिसेम्बर २०१८, एडिलेड- नेपालका अस्पतालहरुको स्तरोन्नति गरी नेपालको स्वास्थ सेवाको स्तर पश्चिमा देशहरुकै स्तरको बनाउन भूमिका खेल्ने उदेश्यले अष्ट्रेलियामा कार्यरत नेपाली स्वास्थकर्मीहरुले स्थापना गरेको संस्था ‘अजि-मेड फाउण्डेशन’ ले साउथ अष्ट्रेलियाको एडिलेडमा अग्रेजी नयांबर्षको अवशरमा ‘क्रुज पार्टी’ को आयोजना गर्ने भएको छ ।

‘क्रुज पार्टी’ ४ जनवरीका दिन साँझ ६:३० बजेदेखी पोर्ट एडिलेडमा हुँदैछ । डिनरसहितको उक्त पार्टीको प्रवेश शुल्क अष्ट्रेलियन डलर ६५ तय गरिएको छ । कार्यक्रममा संकलित रकम नेपालका स्वास्थकर्मीहरुलाई २०१९ को अप्रिलमा संस्थाले दिने तालिमका लागी खर्च गरिने संस्थाले बताएको छ । सन् २०१९ मा अष्ट्रेलियाबाट नेपालका स्वास्थकर्मीहरुको क्षमता अभिवृद्दि गर्न एवं अष्ट्रेलियामा स्वास्थोपचारमा प्रयोग गरिने पद्दति एवं तौरतिकावारे जानकारी गराउनेगरि तालिम दिन अष्ट्रेलियाबाट स्वार्थकर्मीहरुको टोली लगिनलागेको संस्थाका संयोजक डा. कुश श्रेष्ठले अनलाईन एडिलेडलाई बताए । संस्थाले बिगतमा पानि अष्ट्रेलियाका विभिन्न अस्पतालहरुसँग समन्वय गरी नेपालका टिचिङलगायतका अस्पतालहरुलाई स्वास्थसम्बन्धि विविध उपकरणहरु हस्तान्तरण गरिसकेको छ ।

पार्टीमा बढीमा सयजनासम्ममात्र जानसक्ने भएकाले इच्छुकहरुलाई यथासिघ्र सम्पर्क गरिहाल्न संस्थाले आग्रह गरेको छ ।

1 thought on “नेपालका अस्पताल स्तरोन्नतिका लागी एडिलेडमा ‘क्रुज पार्टी’

Leave a Reply to Deepak BistaCancel reply