एडिलेडमा नेपालीहरुकै कलेज- ग्लोवल इन्टरनेसनल कलेज

२७ नोभेम्वर २०१८, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा नेपालीहरुको संख्यात्मक वृद्दिसँगै उद्यमशिलतामा समेत वृद्दि हुन थालेको छ । शुरुशुरुमा कन्सलटेन्सिमा मात्र सिमित साउथ अष्ट्रेलियाको नेपालीहरु भवन निर्माण, कृषिलगायत कलेजहरु समेत खोल्न शुरु गरेका छन ।

हुन त अन्य राज्यबाट शाखाका रुपमा एडिलेडमा केही बर्ष अघि नै क्विन्फोर्ड नामको कलेज खुलिसकेको छ । तर एडिलेड नै केन्द्रित भएर खुलेको पहिलो कलेज भने ग्लोवल इन्टरनेसनल कलेज हो । 

एडिलेडमा सबैभन्दा बढी नेपालीहरुले गर्ने पेशा ‘एज्ड केयर’ मात्र हाल पढाइ हुने भएपनि भविष्यमा अन्य विषयहरुमा समेत कलेजको क्षेत्र विस्तार गर्दै लगिने मंगलवार एडिलेडमा रहेको होटल ग्रान्ड चान्सलरमा एडिलेडभरका नेपाली व्यावसायी, संघसस्था प्रमुख एवं सञ्चारकर्मीलाई केन्द्रित गरि गरिएको एक कार्यक्रममा बताइयो ।

कलेजकि सिइओ सरीता लामाले कजेलको उदेश्यवारे बोल्दै नेपालीहरुद्वारा खोलिएको यस कलेजले नेपालीहरुलाई निकै फाइदा हुने विश्वास रहेको बताइन । साथै उनले आफ्नो कलेजले ‘एज्ड केयर’ मा दक्ष जनशक्ति उत्पादन गर्ने दाबी समेत गरिन ।

कलेजका व्यावसाय प्रवर्दन अधिकृत गोबिन्द रानाले नेपाली विद्यार्थीहरुलाई नेपालीहरुले नै पढाउदा भाषागत सहजता हुने हुदा बिषयगत ज्ञान हासिल गर्न सहज हुने समेत बताए । करिव एक दशक अष्ट्रेलियाको ‘एज्ड केयर’ क्षेत्रमा बिताएका रानाले आफुहरुलाई क्षेत्रको लामो अनुभव रहेकाले कलेजमा पढ्ने विद्यार्थीहरुले पाठ्यक्रम अनुसारको शैक्षिक विज्ञतासँगसँगै आफुहरुको अनुभवबारेसमेत जानकारी पाउने हुदाँ पढाइ सकेर निस्कदा कार्यक्षेत्रमा सहजै प्रवेश पाउनेसमेत दाबी गरे ।

कलेजका अर्का संचालक हेम श्रेष्ठले विद्यार्थीहरुलाई सहज होस भनेर इन्टलमेन्टको योजना कलेजले लिएर आएको जानकारी दिए । उनका अनुसार तीन महिने उक्त कोर्षको जम्मा शुल्क अष्ट्रेलियन डलर १०५० मा शुरुको तीन सय डलर र बाँकि हरेक हप्ता ६५ डलरका दरले तिर्न सकिने वताए । उनले नेपाली विद्यार्थीहरुलाइ भविष्यमा कफि मेकिङ, क्लिनिङलगायतका रोजगारीमुलक तालिमहरुकोसमेत उचित शुल्कमा व्यवस्था गरिने जानकारी दिए ।

कार्यक्रममा साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका अवैतानिक बाणिज्यदुत दिपक धमला, एनआरएनए ग्लोवल सदस्य गोकुल घिमिरे, इनास ग्लोवल उपाध्यक्ष रामचन्द्र थापा, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक अशोक केसीलगायतको सहभागीता रहेको थियो ।

Advertisements
Advertisements

Leave a Reply