एडेलेडमा अाज झोला र भोली सेतो बाघ प्रदर्शन हुँदै

२६ मंसिर २०७१, एडेलेड- एडेलेडबासी नेपालीहरुका लागी डिसेम्बर महिना चलचित्रमय बनेको छ । अघिल्लो साता अर्थात डिसेम्बर ६ मा  नेपालमा भएको ११ बर्से बिद्रोहमा अाधारीत चलचित्र टलकजंग भर्सेस टुल्केको मजा लिन पाएका नेपालीहरुले यस साता २-२ चलचित्रको मजा लिन पाउने भएका छन् । अाज नेपाली ग्रोसरी एडेलेडको प्रायोजनमा साहित्यकार कृष्ण धराबासीको “झोला” कथामा अाधारीत चलचित्र “झोला” प्रदर्शन हुदैछ भने भोली डायमण्ड समसेरको एक उत्कृष्ट उपन्यास “सेतो बाघ” नेपाली इतिहासमा अाधारीत चलचित्र “सेतो बाघ” को स्वाद लिन पाऊने छन् ।

दुबै सिनेमा एडेलेड सिटीको मोर्फेट रोडस्थित मर्करी सिनेमा हलमा प्रदर्शन हुने छन् । “झोला” का लागी अाज साँझ ६ बजेको समय रहेको छ भने सेतो बाघ दिउसो १ बजे प्रदर्शन हने छ । “सेतो बाघ” लाइ  “सागी” (SAGI) ले दर्शकसामु ल्याएको छ । दुबै चलचित्रमा बिद्यार्थीका लागी सहुलियत दरका टिकटको समेत ब्यवस्था गरिएको छ । पुरा टिकटको मुल्य AUD २०  र सुलियतको टिकटको मुल्य AUD १५ रहेको छ ।

Leave a Reply