प्रत्यक्षतर्फ नेपाली कांग्रेसको जम्मा २१ सिट, समानुपातिकमा ४० सिटसम्म पाउनसक्ने

११ डिसेम्बर २०१७, काठमाण्डौ- प्रजातान्त्रिक नेपालमा सधैं राष्ट्रको बागडोरको वरपर रहदै आएको नेपाली कांग्रेसले गणतन्त्रको प्राप्तिपछी भएको  पहिलो निर्वाचनमा  प्रत्यक्षतर्फ जम्मा २१ सिटमा सिमित हुन पुगेको छ । प्रत्यक्षतर्फ भने केही राम्रो गर्ने संकेत देखिएको छ । समानुपातिकतर्फ एमालेले ४ लाख २२ हजार मत प्राप्त गर्दा कांग्रेसले ४ लाख ४ हजार मत प्राप्त गरेको छ भने माओबादीले १ लाख ९४ हजार मत प्राप्त गरेको छ । यहि अनुपातमा मत प्राप्त गर्दै जानेहो भने कांग्रेसले समानुपानिकतर्फ ४० को हाराहारीमा सिट प्राप्त गर्छ । प्रत्यक्षमा २१ सिट जितेको कांग्रेसले समानुपातिकमा ४१ सिट जितेमा उसको जम्मा सिटसंख्या ६१ हुन्छ । माओबादीको प्रारम्भिक मतसंख्या हेर्दा उसले समानुपातिकमा २० देखी २५ सिटमात्र पाउने देखिन्छ ।  यदि समानुपातिकमा ४० सिट प्राप्त गरेको खण्डमा उसले प्रत्यक्षतर्फ ३५ सिट ल्याउने माओबादीसँग दोस्रो दल बन्नका लागी प्रतिस्पर्धा गर्ने देखिन्छ ।

Advertisements
Advertisements

Leave a Reply