प्रत्यक्षतर्फ एमाले एक्लै बहुमतको निकै नजिक, गठबन्धनको दुइतिहाई आउने

१० डिसेम्बर २०१७, काठमाण्डौ- कांग्रेसलाई देशैभरबाट दुखद समाचारहरु आइरहदा एमाले समर्थकहरुका लागी भने सुखद खबर छ । हालसम्मको अवस्था हेर्दा प्रत्यक्षतर्फ नेकपा एमालेको जितिसकेको र अग्रता रहेको स्थानहरु हे्र्दा एमाले एक्लै बहुमतभन्दा दुइ सिटमात्र टाढा रहेको छ । एमालेले हालसम्म ४९ स्थानमा जित प्राप्त गरिसकेको छ भने ३२ स्थानमा अग्रता लिइरहेको छ । जित प्राप्त गरेको र अग्रता रहेको कुल ८१ सिट हुन आउछ । प्रत्यक्षतर्फ मात्र बहुमत हुन जम्मा ८३ सिट आवश्यक पर्छ । तसर्थ एमाले बहुमतभन्दा २ सिटमात्र टाढा छ ।

यसैगरी दोस्रो माओवादी केन्द्रले २० स्थानमा जित हासिल गरिसकेको छ भने १४ स्थानमा अग्रता रहेको छ । यसर्थमा माओवादीले जम्मा गरेर ३४ सिटको हाराहारीमा प्राप्त गर्ने देखिएको छ ।

बाम गठबन्धनका एमाले र माओवादीको जम्मा सिट जोड्ने हो भने  ११५ हुन आउछ जुन प्रत्यक्षतर्फको मात्र हिसाब गर्ने हो भने दुइ तिहाइभन्दा ५ सिटले बढी हो ।

समानुपातिकसमेत गरेर हेर्ने हो भने सामान्य बहुमत हुन कुल १३८ र दुइतिहाइ हुन १८४ सिटको आवश्यकता पर्छ । हाल प्राप्त सिटसंख्याका आधारमा गठबन्धनको सामान्य बहुमत आउन माओवादी र एमालेले गरेर समानुपातिकमा जम्मा २३ सिट र दुइतिहाई आउन ६९ सिट आउनुपर्ने हुन्छ ।

प्रत्यक्षतर्फ एमाले र माओवादीको जम्मा ७० प्रतिसत कब्जा रहने देखिन्छ । समानुपातिकमा  दुइतिहाई पुग्न गठबन्धनले कुल खसेको मतमध्ये  ६२ प्रतिशतमात्र पाउनेपर्छ जुन हसंभब देखिदैन ।

उता प्रत्यक्षतर्फ निकै दयनिय अवस्था भोगेको नेपाली कांग्रेसले समानुपातिकतर्फबाट भने केही साहत पाउने संकेत समानुपातिकको प्रारम्भिक मतगणनाबाट देखिएको छ । यसबाट कांग्रेस कार्यकर्ता केही उत्साहित बनेका छन । हालसम्मको अवस्था हेर्दा प्रत्यक्षतर्फ कांग्रेसलाई २० सिट कटाउनपनि निकै मुस्किल पर्ने देखिन्छ ।

Advertisements

Leave a Reply