नेपाली चेली बलत्कार गर्ने बंगाली साइमन काजी दुबइ प्रहरीको नियन्त्रणमा

६ डिसेम्बर २०१७, दुबइ- गोरखाकि नेपाली चेली अस्टमी गुरुङलाई दुबइमा बलत्कार गर्ने बंगाली सुपरभाइजर साइमन काजी अन्नत पक्राउ परेका छन । सिधा कुरा जनतासँग प्रस्तोता रवी लामिछानेले हिजो दुबइबाट प्रसारीत कार्यक्रमबाट यसको खुलासा गरेका हुन । रवी लामीछाने, नेपालस्थित दुबइको दुतावास र दुबइस्थित नेपाली संघसस्थाको दवावपछि काजी पक्राउ परेका हुन । अस्टमि गुरुङको आत्महत्या प्रकरणलाई पछ्याउदै सीधा कुरा जनतासँग प्रस्तोता रवी लामिछाने अहिले दुबइमा रहेका छन । 

गुरुङले नोभेम्बर ४ मा दुबइमा आत्महत्या गरेकि थिइन । उनको सव नेपाल लगि अन्तिम संस्कारसमेत सकिसकेपछी उनको मोबाइलमा रेकर्ड गरिएको दुई भिडियो भेटिएपछी घटनाले अर्कै मोड लिएको थियो । उनले गुरुङभाषामा रेकर्ड गरेको उक्त भिडियोमा सुपरभाइजरले बलत्कार गरेका कारण आफुले बलत्कार गरेको खुलाएकि थिइन । भिडियो सिधा कुरा जनतासँगमा प्रशारण गरेसँगै प्रस्तोता लामिछानेले विदेशमा काम गर्ने नेपाली चेलिबेटिका लागी बलत्कारीलाई कारबाहि गराइछाड्ने प्रतिवद्दता ब्याक्त गरेका थिए । अघिल्लो साता अस्टमीको घर पुगि उनका परीवारलाई भेटेलगत्तै उनी दुबइ गएका थिए ।

सरकार कमजोर र दलालको हातमा राज्यसंयन्त्र रहेको नेपालमा पछिल्लो समयमा एउटा टेलिभिजन कार्यक्रम चलाई रहेका लामिछानेले आफुसम्म आउने हरेक घटनालाई न्याय प्रदान गर्ने हरसंम्भव प्रयास गरिरहेका छन । यसबाट उनी जनताबाट प्रसंसा बटुलिरहेका छन भने भ्रस्टहरुको आखाको तारो पनि बनिरहेका छन । सामाजीक सञ्जालहरुमा उनको सुरक्षा ब्यवस्था मिलाउन मागहरु बढिरहेका छन भने भ्रस्टहरुले उनको बिरोधसमेत गरिरहेका छन । पछिल्लोसमय उनको विरोध गरेर चर्चामा आएका छन माओवादीका पुर्वलडाकु दिल निशानी मगर । उनले लामिछानेले राज्यसंयन्त्र हातमा लिनखोजेको आरोप लगाएका छन । पछिल्लो समय सामाजीक सञ्जालमा चर्चा खस्कदै गएपछी चर्चामा आउन उनले यस्तो प्रपञ्च रचेको बौदिकहरुको बुझाइ छ भने सर्वसाधारणहरु उनको प्रतिक्रियाको चर्को बिरोध गरिरहेका छन ।

Leave a Reply