चौथो ओसेनिया स्तरीय नेपाली खेलकुद प्रतियोगीता आयोजना हुदै

३ डिसेम्बर २०१७, सिड्नी- सिड्नीमा  ओसेनिया स्तरीय नेपाली खेलकुद प्रतियोगीताको चौथो संस्करण ‘चौथो ओसेनिया नेपाली स्पोर्ट्स मिट २०१८’  आयोजना हुने भएको छ । प्रतियोगीताको पहिलो सस्करण आयोजना गरेको नेपाली रिक्रेसनल क्लबले नेपाली क्रिकेट एसोसिएसन अष्ट्रेलिया, माछापुछ्रे फुटबल क्लब, बजर बास्केटबल क्लब र बाग्लुङ अष्ट्रेलियन समुदायसँगको साझेदारीमा कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमलाई नेपाली दुतावास, नेपाली कन्सुलेट अफिसहरु, गैर आवासीय नेपाली संघ, एडिलेड नेपाली समाज, नेपाली एसोसिइसन अफ भिक्टोरीया, नेपाली एसोसिएसन अफ क्विन्सल्याण्ड, अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटि, नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया, नेपालि सोसाइटि अफ नर्दन टेरिटरी, नेपाली समाज अफ तास्मानिया, नेपाली एसोसिएसन अफ बे अफ प्लेन्टिलगायतका नेपाली संघसस्थाहरुको सहयोग रहेको छ । 

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

नेपाली खेलप्रेमीहरुबाट हरेक २ बर्षमा आयोजना हुने यस कार्यक्रमको चौथो संस्करण सन् २०१८ मा ३० मार्च देखी २ अप्रिलसम्म सिड्नीका बिभिन्न खेलमैदानहरुमा आयोजना हुने आयोजकहरुले बताएका छन् । प्रतियोगीतामा टेवल टेनिस, लन टेनिस, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, फुटबल (सकर), गल्फ र ५ किमी दौडमा प्रतिस्पर्धा हुने साउथ अस्ट्रेलिया संयोजकमध्येका सुपक अधिकारीले बताए ।

अष्ट्रेलियामा रहेका खेलप्रेमीहरुका लागी उक्त प्रतियोगीता ठुलो अवशर भएको प्रतिक्रिया साउथ अस्ट्रेलियाका अर्का  संयोजक सन्तोष अधिकारीले दिए ।

प्रतियोगीताको पहिलो संस्करण नेपाली रिक्रेसनल क्लबको आयोजनामा २७ देखी ३० डिसेम्बर २०१३ मा, दोस्रो संस्करण नेपाली एसोसिएसन अफ भिक्टोरीयाको आयोजनामा २७ र २८ डिसेम्बर २०१४ मा र तेस्रो संस्करण नेपाली एसोसिएसन अफ क्विन्स्ल्याण्डको आयोजनामा २५ देखी २७ मार्च २०१७ मा ब्रिसबेनमा भएका थिए ।

कार्यक्रममा सहभागी भएर वा प्रवर्दनमा सहयोग गर्न आयोजकहरुले सवैलाई आग्रह गरेका छन ।

कार्यक्रममा सहभागीताका लागी देहायका ब्याक्तिहरुलाई सम्पर्क गर्न सकिने छ;

NSW
Jabin Shrestha
+61 422 389 215
Bishnu Hamal
+61 412 550 725
————————–

SA
Supak Adhikari
+61 415 612 559
Santosh Adhikari
+61 412 611 135
————————
New Zealand
Kesh Gurung
+64 272 315 045

QLD
Hari Khadka
+61 421 450 811
Abhimanyu KC
+61 434 956 597
—————————
WA
Dipak Basnet
+61 430 925 597
Rustam Maskey
+61 421 238 359
————————
Papua New Guinea
Raj B Shahi
+675 7200 1022

VIC
Jog Limbu
+61 433 725 749
Madhu Pokharel
+61 422 220 512
————————–
NT
Sudeep Shrestha
+61 402 743 563
Hem Pun
+61 405 060 754

ACT
Dr Durga Kandel
+61 430 273 143
Gyanu Sapkota
+61 433 535 762
Niraj Joshi
+61 433 656 455
————————
TAS
Punam Pant
+61 401 890 495
Ram C Chalise
+61 424 509 484

Advertisements

Leave a Reply