अन्तत: नेपाल फर्काईए साकार

21766489_1128328090632077_1002079801541386244_n२२ अक्टोवर २०१७, सिड्नी- सामाजीक सञ्जालमा अश्लिल गालीहरुमार्फत चर्चित भएका साकार अधिकारी अष्ट्रेलियाबाट ३ बर्ष पछी नेपाल फर्काइएका छन । धेरै प्रयास गर्दापनि उनका हर्कतहरु नरोकिएपछी उनकी आमा रोजु अधिकारीले सामाजिक सञ्जालमार्फत उनको छोरोलाई नेपाल फर्काइदिन आग्रह गरेपछी अष्ट्रेलियामा रहेका नेपाली राजदुत तथा गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाको सहयोगमा उनी केही साताअघि अष्ट्रेलिया आएकि थिइन । 

अष्ट्रेलिया पढ्न आएकि युवतीसँग फर्जी विवाह गरेर अष्ट्रेलिया आएका साकारको मानसिक अवस्था विग्रनुमा उक्त केटी टाढा हुनु भएको बताइन्छ ।  डिपेन्डेन्ट भई अष्ट्रेलिया पुगेका साकार अष्ट्रेलिया पुगेको केही समयपछी उनले मानसिक सन्तुलन गुमाएको उनका नातेदारहरुले बताएका छन् । उनको निडल कानमा छिराएको भिडियो सार्वजनिक भएपछी  तनाव बढी हुन थालेपछी उनको लागुपदार्थको लतमा फसेकोपनि धेरैको आशंका रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न आरोप लगाउँदै अति अश्लील गाली गरेको एउटा फेसबुक भिडियो सार्वजनिक गर्ने काठमाडौं घर भएका र्‍यापर साकार अधिकारी हुन् ।

सामाजीक सञ्जालमा अश्लिल गालीहरु दिइर चर्चामा आएका साकार आमाको पहल र अष्ट्रेलियामा रहेका नेपाली संघसस्थाहरुको सहयोगमा नेपाल फर्काइएका छन् ।

Leave a Reply